अख्तियार विधेयक पारितका लागि राष्ट्रियसभामा प्रस्तुत हुँदै
राष्ट्रियसभाको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने भएको छ।
दिउँसो १ बजे शुरु भएको सभाको बैठकको संभावित कार्यसूचीमा 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत हुने उल्लेख छ।
५ दिन अघि नेकपा स्थायी कमिटीको बैठकले यो विधेयकलाई तत्काल अगाडि नबढाउने निर्णय गरेको थियो तर राष्ट्रियसभाको आजको कार्यसूचीमा राखिएको हो।
निजी क्षेत्र पनि अख्तियारको कार्यक्षेत्र भित्र पर्ने गरी विधेयक ल्याइएको भन्दै आलोचना हुँदै आएको थियो।