जनप्रतिनिधिले सुविधाबापत पाउने ४० लाख रकम कोरोना कोषमा जम्मा
दोलखाको शैलुङ गाउँपालिकाले जनप्रतिनिधिका विभिन्न सेवा सुविधा बापतको रकम कोरोना कोषमा जम्मा गरेको छ।
गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउने विभिन्न सेवा सुविधाको ४० लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरिएको गाउँपालिका प्रमुख भरत दुलालले जानकारी दिए।
०७६ सालको ६ महीनाको र ०७४ सालको लिन बाँकी रहेको जेठ र असार दुई महीनाको गरी आठ महीनाको विभिन्न सेवा सुविधाको रकम कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको हो।
आठ महीनाको गाउँपालिका प्रमुखको दुई लाख पचास हजार, उपप्रमुखको करीब दुई लाख, वडा अध्यक्षको एक लाख ८० हजार र अन्य सदस्यहरूको समेत गरी ४० लाख भएको र उक्त रकम कोषमा जम्मा गरिएको प्रमुख दुलालले बताए।
सर्मिला बुढाथोकी, दोलखा