समाचार आइतबार, असार १४, २०७७

सीमामा सशस्त्रका थप ८९ वटा बीओपी स्थापना हुँदै (सूचीसहित)

हिमालखबर

सीमामा सशस्त्रका थप ८९ वटा बीओपी स्थापना हुँदै (सूचीसहित)
फाइल तस्वीर।

सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ । नेपालका भारत र चीनसँग सीमा जोडिएका विभिन्न ११४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने योजना अनुरुप काम अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ। 

हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको लाेमानथाङमा र दार्चुलाको छाङरुसहित सीमानाका २५ स्थानमा यसअघि नै  बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्नका लागि सशस्त्र प्रहरीले कतिपय ठाउँमा जग्गाको पनि टुंगो लगाइसकेको छ भने केही स्थानमा भाडाको घरमा बस्ने योजना बनाएको छ।

गएको वर्ष मंसीरमा सरकारले ११४ वटा बीओपी थप्ने निर्णय गर्नुअघि सशस्त्र प्रहरीले एक सय ७ स्थानमा बीओपी राखिसकेको थियो।

गृहमन्त्रालयको प्रस्ताव अनुसार सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहनेछ।

बीओपी स्थापना हुने स्थानको सूची:

प्रतिकृया दिनुहोस