समाचार आइतबार, असार १४, २०७७

पछिल्लो २४ घण्टामा भेटिए ४६३ जना कोरोना संक्रमित

हिमालखबर

पछिल्लो २४ घण्टामा भेटिए ४६३ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १०५ जना महिला र ३५८ जना पुरुषमा संक्रमण देखिएको  हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म ३०१३ जना संक्रमणमुक्त भएका छन् भने ६१७३१ क्वाेरेन्टिनमा र ९७३१ जना आइसोलेसनमा छन्।

नेपालका ७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट २८ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस