पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु
स्याङ्जाको गल्याङ गाउँपालिका–९ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
शनिबार साँझदेखि परिरहेको वर्षापछि आएको पहिरोमा पुरिएर यमबहादुर विकको मृत्यु भएको हो। वडा नम्बर ९ का अध्यक्ष हरि खनालका अनुसार, घर पछाडिबाट आएको पहिरोले घर पुरेको थियो। घाइते अवस्थामा उद्धार गरिएका विकको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
पहिरोमा पुरिएर श्रीमान् श्रीमती नै घाइते भएकोमा पहिला श्रीमतीलाई उपचार गर्न लगिएको थियो। श्रीमान् यमबहादुरलाई अस्पताल लैजाँदा भने बाटो अवरुद्ध भयो।
घाइते श्रीमतीको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल पोखरा–बुटवल सडक खण्डको गल्याङदेखि ९ किलोमिटर पूर्वमा पर्छ।