खेलकुद आइतबार, असार १४, २०७७

बार्सिलोना विरूद्ध प्रष्ट अग्रता बनाउने मड्रिडलाई मौका

हिमालखबर

बार्सिलोना विरूद्ध  प्रष्ट अग्रता बनाउने मड्रिडलाई मौका

स्पेनिस ला लिगामा आज राति रियल मड्रिडलाई बार्सिलोना विरुद्ध प्रष्ट अग्रता बनाउने मौका छ। एक खेल बढी खेलेको बार्सिलोनाले मड्रिड भन्दा एक अंक मात्रै बढी जोडेको छ।

बार्सिलोनालाई केल्टा भिगोले बराबरीमा रोके पछि अंक बाँडेको थियो। शनिबार सकिएको खेलमा बार्सिलोना र केल्टाले समान दुई–दुई गोल गरेका थिए।

एक खेल कम खेलेको मड्रिडले आज स्पानोयलसँग खेल्दैछ। राति पौने दुई बजे शुरु हुने खेलमा मड्रिडले जित निकालेमा बार्सिलोना दुई अंकले पछाडि पर्नेछ। लिगमा बार्सिलोना र मड्रिड बीच उपाधि होड निकै रोचक बन्दै गएको छ। केही खेलसम्म बार्सिलोनाले अग्रता कायम राख्दै आएको थियो।

महामारीले रोकिएको खेल सञ्चालनमा आएसँगै यी दुई टीम बीच अग्रता लिने पनि रोचक प्रतिष्पर्धा भइरहेको छ। अब बार्सिलोनाले ६ र मड्रिडले सात खेल खेल्न बाँकी छ। बार्सिलोना ३२ खेलबाट ६९ अंक जोडेको छ भने मड्रिडले ३१ खेलबाट ३८ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस