नेकपा स्थायी कमिटी बैठक मंगलबारसम्म स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबारसम्म स्थगित गरिएको छ। आइतबार मदन स्मृति दिवस र सोमबार धान दिवस परेकाले मंगलबारसम्म बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बुधबार देखि शुरु भएको बैठकमा शनिबार २१ जनाले आफ्नो धारणा राखेका छन्। शुक्रबार देखि शुरु भएको सीमा समस्या र समाधानबारे नेताहरुले धारणा राखेका हुन्।
नेकपा केन्द्रीय कमिटीको निर्णयअनुसार, सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी भएकाले अब भूमि फिर्ता ल्याउन कूटनीतिक वार्तामा जोड दिनुपर्ने नेताहरुले बताएको प्रवक्ता श्रेष्ठले बताए।
शनिबारको बैठकमा भने अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेका थिए।
अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसिरहेको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण बैठकमा अनुपस्थित रहेको प्रवक्ता श्रेष्ठले बताए।