समाचार शनिबार, असार १३, २०७७

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

हिमालखबर

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।

बिहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको बताए ।

उनका अनुसार ती पुरुष क्यान्सरकाे उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्या देखिएपछि यही १० असारमा चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

प्रतिकृया दिनुहोस