खेलकुद शनिबार, असार १३, २०७७

दश खेलाडीमा सीमित लेच्चे विरुद्ध यूभेन्टसको शानदार जित

हिमालखबर

दश खेलाडीमा सीमित लेच्चे विरुद्ध यूभेन्टसको शानदार जित

इटालियन सिरि ए मा शुक्रबार राति सकिएको खेलमा शीर्ष स्थानको यूभेन्टसले लेच्चे विरुद्ध शानदार जित निकालेको छ। दश खेलाडीमा सीमित लेच्चे विरुद्ध यूभेन्टसले चार–शून्यको शानदार जित निकालेको हो।

पहिलो हाफको ३१औं मिनेटमै लेच्चेका खेलाडी फाबियो लुचिओनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। लुचिओनी बाहिरिएसँगै दश खेलाडीमा सीमित लेच्चे विरुद्ध यूभेन्टसले पहिलो हाफमा गोल गर्न सकेन।

तर, दोस्रो हाफमा भने लगातार गोल गरेको थियो। यूभेन्टसका लागि ५३औं मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे। ६२औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले पेनाल्टी मार्फत दोस्रो गोल गरे।

यसपछि पनि ८३औं र ८५औं मिनेटमा गोन्जालो र माथिजले गोल गर्दै यूभेन्टसलाई चार–शून्यको अग्रता दिलाए। लेच्चेले भने सान्त्वना गोल समेत फर्काउन सकेन। लेच्चे विरुद्धको जितसँगै यूभेन्टसले २८ खेलबाट ६९ अंक जोडेको छ। यो अग्रता दोस्रो स्थानमा रहेको लाजियो भन्दा सात अंकले बढी हो।

यूभेन्टस भन्दा एक खेल कम खेलेको लाजियोले २७ खेलबाट ६२ अंक जोडेको छ।

 

प्रतिकृया दिनुहोस