थप समाचार शनिबार, असार १३, २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच लाख नाघ्यो

हिमालखबर

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच लाख नाघ्यो

भारतमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ । त्यहाँ दैनिक १८ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

भारतमा निको हुने संक्रमितको संख्या पनि उच्च छ । अहिलेसम्म दुई लाख ९५ हजार ९१७ जना निको भएका छन् । एक लाख ९० हजार १९१ जना उपचाररत छन् ।

तर दैनिक संक्रमितको संख्या भने निरन्तर उकालो लागिरहेको छ । शुक्रबार त्यहाँ १८ हजार १८५ नयाँ संक्रमित भेटिएका छन् । यो एकैदिन भेटिएको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो ।

भारतमा कूल १५ हजार ६८९ जनाको मृत्यु भएको छ । शुक्रबार ३८१ जनाको मृत्यु भयो । मृत्यु हुनेको संख्या अघिल्ला तीन दिनभन्दा शुक्रबार घटेको छ । गत मंगलबार त्यहाँ एकैदिन ४६८ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस