खेलकुद शुक्रबार, असार १२, २०७७

महिला विश्वकप फुटबल–२०२३ अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने

हिमालखबर

महिला विश्वकप फुटबल–२०२३ अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने

महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएको छ। ब्राजिल र जापानले छोडेपछि कोलम्बिया कि अष्ट्रेलिया र न्यूजिल्याण्डमा प्रतियोगिता गर्ने भन्ने मतदान भएको थियो।

मतदानमा कोलम्बियाको पक्षमा ३५ मध्ये १३ मात्रै परेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिता गर्न पाएका हुन्। प्रतियोगिता जुलाई–अगष्ट २०२३ मा हुनेछ।

प्रतियोगिता अष्ट्रेलियाको आठ र न्यूजिल्याण्डको पाँच स्टेडियममा हुनेछन्। यस पटकबाट भने विश्वकपमा ३२ टीम बीच प्रतिश्पर्धा हुने भएको छ। गएको वर्ष फ्रान्समा भएको प्रतियोगितामा २४ टीम थिए। 

प्रतियोगिता हुने अष्ट्रेलियाका आठ स्टेडियम

  • स्टेडियम अस्ट्रेलिया, सिड्नी
  • सिड्नी फुटबल स्टेडियम
  • मेलबर्न रेक्ट्याङ्गुलर, स्टेडियम
  • ब्रिसबर्न स्टेडियम
  • पर्थ रेक्ट्याङ्गुलर स्टेडियम
  • हिन्दमार्श स्टेडियम
  • न्यूकास्टल स्टेडियम
  • योर्क पार्क, लुनसेस्टोन

 

न्यूजिल्याण्डका पाँच स्टेडियम

इडेन पार्क

  • विलिङटन स्टेडियम
  • क्रिस्टमर्च स्टेडियम
  • वाइकाटो स्टेडियम
  • डुनेडिन स्टेडियम

प्रतिकृया दिनुहोस