थप समाचार विहीबार, असार ११, २०७७

भारतको बिहारमा चट्याङबाट ८३ जनाको मृत्यु

हिमालखबर

भारतको बिहारमा चट्याङबाट  ८३ जनाको मृत्यु

भारतको बिहार राज्यमा बिहीबार एकै दिन परेको चट्याङबाट ८३ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सकाे अनलाइन संस्करणले जनाएको छ।

बिहार राज्यका २३ जिल्लामा चट्याङबाट मानवीय क्षति भएको जनाइएको छ । उत्तर प्रदेश राज्यमा पनि चट्याङबाट ९ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

बिहारको गोपालगञ्जमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ । यसैगरी मधुबनी र नबादामा ८\८ जनाको मृत्युभएको जनाइएको छ ।

बिहारका ८ जिल्लामा कम्तीमा ५ जनाको मृत्यु भएको हो । गोपालगञ्ज, पूर्वीचम्पारन, सिवान, बांका, दरभंगा, भागलपुर, मधुबनी र नबादा बढी प्रभावित जिल्ला रहेका छन् ।

मधुबनी जिल्लाको एउटा गाउँमा खेतमा काम गरिरहेका पति–पत्नी मृत्यु भयो भने अर्को गाउँमा एकै परिवारका बाबु, छाेरा र बुहारीको मृत्यु भएको थियो।

 

प्रतिकृया दिनुहोस