‘विश्वमाझ नेपाललाई कसरी प्रस्तुत गर्ने भन्नेमा ध्यान दिनुपर्छ’
पत्रकारिताबाट अन्तर्राष्ट्रिय ख्याति र पुरस्कार हात पारेकी नेपाली पत्रकार सुम्निमा उदासले १२ वर्ष ‘सीएनएन’ मा समाचार सम्प्रेषण र कार्यक्रम सञ्चालन गरेर बिताइन् । न्यूयोर्क, हङकङ, भारत लगायत विश्वका विभिन्न भागमा बसेर पत्रकारिता गरेकी सुम्निमा, तीन वर्ष पहिले नेपाल फर्कनु अगाडिसम्म सीएनएनको दक्षिण एसिया हेर्ने नयाँदिल्लीस्थित संवाददाता थिइन्।
लगातार सात वर्ष नयाँदिल्ली कार्यालय सम्हाल्दा सुम्निमाले भारत र श्रीलंकाका आमनिर्वाचनदेखि निर्भया सामूहिक बलात्कार, ढाकामा भएको विट, नेपालको विनाशकारी भूकम्प, मलेशियाको हराएको एमएच ३७० विमानबारे विशेष रिपोर्टहरू तयार पारिन् । लैंगिक असमानता र हिंसाबारे थुप्रै वृत्तचित्र बनाइन् । ‘सीएनएन सिल्क रोड’ कार्यक्रम निर्माणका क्रममा उनले चीनदेखि इटालीसम्म लामो यात्रा मात्र गरिनन्, ऐतिहासिक विशेषताको अध्ययन पनि गरिन् ।
सुम्निमाले हङकङबाट प्रस्तुत गर्ने आधा घण्टाको कार्यक्रम ‘सीएनएन टक एसिया’ लाई अझै पनि धेरैले सम्झन्छन्। सुम्निमासँग पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, जापानी प्रधानमन्त्री सिञ्जो आवे, उद्योगपति रतन टाटा, ज्याक मा, गायिका वियोन्से, लेडी गागा, खेलाडी रोजर फेडेररसँगै अमिताभ बच्चन, सचिन तेन्दुलकर र आमिर खान लगायतसँग अन्तर्वार्ता गरेको अनुभव छ।
गएको २१ मेमा सुम्निमाले एउटा ट्वीट गरिन्, 'भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई वैकल्पिक तथ्यको संसारमा आफ्नो 'तथ्य' बनाएको छ । भारतीय सञ्चारमाध्यमहरूले नेपालका सम्बन्धमा ‘ग्यासलाइटिङ’ (भ्रमित पार्ने खालका) आफूप्रति आश्रित र पूर्वानुमानित कथ्य रोक्नु उचित हुन्छ।' सुम्निमाको ट्वीट भारतीय टेलिभिजन रिपब्लिक टीभीका सम्पादक अर्नव गोस्वामीले जारी सीमा विवादबारे भारतीय जानकार र नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल लगायतसँग लिएको अन्तर्वार्ताप्रति लक्षित थियो।
हाल नेपालस्थित लुम्बिनी म्युजियम इनिसिएटिभकी सहसंस्थापक एवं कार्यकारी निर्देशक सुम्निमासँग हामीले खासगरी पछिल्लो समय देखिएको लोकरिझ्याइँको मनोविज्ञानमा आधारित आमसञ्चारका विविध आयाममा केन्द्रित रही अन्तर्वार्ता गरेका छौं ।
ट्वीटरमाकमैसक्रियतपाईंलाईसीमाविवादबारेएकाएकत्यस्तोकडाट्वीटगर्नकेलेप्रेरितगर्यो ?
सुम्निमा उदासः भारतीय मिडियाहरुले जसरी यो विषयलाई सम्प्रेषण गरिरहेका थिए त्यसले मलाई झकझक्याई रहेको थियो । उनीहरुले तीनैवटा विवादित ठाउँहरु भारतकै हुन् भनेर निर्विवाद तथ्य भएझैं गरी प्रस्तुत गरिरहेका थिए, त्यसैले मैले त्यस्तो ट्वीट गरें ।
राजनीतिक रुपमा यो एउटा धुर्त्याइँपूर्ण रणनीति हो । विवाद झिकेर अल्मल्याउने प्रयत्न हो । उनीहरुको तर्क वैकल्पिक तथ्य वा अर्धसत्यमा आधारित हुनसक्छ । यस्तो ‘ट्रिक’ सामान्यतः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रयोग गर्छन् ।
मैले भारतीय मिडियाको दृष्टिकोण वर्णन गर्न ‘ग्यासलाइटिङ’ शब्द प्रयोग गरेकी हुँ । यसको अर्थ वास्तविक अवधारणामा मनोवैज्ञानिक रुपले शंका उठोस् भन्ने हो ।
नेपालसँग ऐतिहासिक र भौगोलिक सबै तथ्यहरु हुनसक्छन्, तर यतिका वर्षदेखि नेपाल किन केही नगरी बसिरहेको थियो ? मेरो प्रश्न यो पनि हो, जुन जवाफ पर्खिएर बसिरहेको छु।
नेपाललाई आफूप्रति आश्रितजस्तो हेपाहा शैलीमा गरिएको यस्तो समाचार र विचार सम्प्रेषणमा म सहमत हुन सक्दिनँ । भारतका जनरल जीडी बक्सीले नेपाललाई भारतको सबैभन्दा महत्वपूर्ण छिमेकी, सानो भाइ, रोटीबेटी जस्ता शब्द दोहोर्याइरहँदा हामीले माया र सहानुभूति महशुस गर्न सकिएला तर यस्ता शब्दावलीले हामीलाई होच्याइरहेको हुन्छ । जर्मनीले त स्वीट्जरल्याण्डलाई सानो भाइ भनेको छैन, न त अमेरिकाले मेक्सिकोलाई सानी बहिनी नै । हामीलाई यसरी होच्याउनु हुँदैन ।
मलाई अक्सर के लाग्छ भने हामी आफूलाई यथोचित प्रस्तुत गर्नै सकिरहेका छैनौं । यदि हामीले जहिल्यै आफूलाई सानो वा गरीब भनेर प्रस्तुत गरिरह्यौं भने त्यो वास्तविकता बन्न सक्छ । हाम्रो देशको स्थितिलाई पुनः परिभाषित गर्ने सही समय यही हो ।
भारतीय पत्रकारहरु साउथ ब्लकले उपलब्ध गराएको नियोजित भनाइका आधारमा अक्सर प्रष्ट हुने गर्दछन् ।
रिपब्लिक टीभीदेखि हिन्दुस्तान टाइम्ससमेतका विद्युतीय तथा छापा सञ्चारमाध्यमले यो क्षेत्र पहिलेदेखि नै भारतको थियो र नेपाली नेतृत्वले आफ्नो राजनीतिक लाभका लागि ‘ठुल्दाइ’ लाई विनाकारण दुःख दिइरहेको छ भनेझैं गरी प्रशारण गरिरहेका थिए । जस्तो भारतीय सेनाका जनरलले ‘कसैको उक्साहटमा’ भन्ने शब्दावली पनि प्रयोग गरे ।
विषयलाई यसरी सामान्यीकरण गर्दा भारतीय दर्शकमा एकोहोरो मनोदशा निर्माण गर्न सकिन्छ भन्ने उनीहरूको प्रयास हो । वास्तवमा यो असुरक्षाको उपज हो तर यसले भ्रम मात्र सिर्जना गर्छ ।
मलाई अक्सर के लाग्छ भने हामी आफूलाई यथोचित प्रस्तुत गर्नै सकिरहेका छैनौं । यदि हामीले जहिल्यै आफूलाई सानो वा गरीब भनेर प्रस्तुत गरिरह्यौं भने त्यो वास्तविकता बन्न सक्छ । हाम्रो देशको स्थितिलाई पुनः परिभाषित गर्ने सही समय यही हो ।
तपाईंलेविश्वस्तरीयनेताहरुरदिग्गजहस्तीहरुसँगस्टुडियोअन्तर्वार्तालिनुभएकोछ।अन्तर्वार्तामातपाईंकोमार्गदर्शकसिद्धान्तकेथियो ?
मैले सीएनएनमा साप्ताहिक टक शो ‘टक एसिया’ ४ वर्षसम्म चलाएँ । हरेक हप्ता बिल क्लिन्टनदेखि सिञ्जो आबे, रतन टाटादेखि रोजर फेडरर र ज्याक मा देखि लेडी गागासम्मको प्रोफाइल गर्यौं ।
भारतमा अचेल चलेका धेरै साक्षात्कार कार्यक्रम विपरीत, हाम्रो अन्तर्वार्ताको उद्देश्य कसैको विरोध गर्नु कहिल्यै रहेन। मैले भारत र यदाकदा नेपालमै पनि एउटा गलत प्रतिक्रियाका लागि गलत तवर र उत्तेजक ढंगले प्रश्न सोधेको महशुस गर्छु । यसरी सन्दर्भ बाहिर गएपछि पाउने जवाफलाई अन्तर्वार्ताकारहरुले ‘ड्रामाटाइज’ गर्ने अवसर पाउँछन्।
अन्तर्वार्ताकारहरु कठिन प्रश्न सोध्ने आफ्नो क्षमतालाई साहसका रुपमा चित्रित गर्छन् र दर्शक वा पाठकले पनि कहिलेकाहीं त्यस्ता पत्रकारको सराहना नै गरिरहेका हुन्छन् । तर मलाई लाग्छ, वास्तवमा साक्षात्कारको ढाँचा संवाददाता वा एंकर केन्द्रित हुनुहुँदैन।
साक्षात्कारको उद्देश्य सूचना प्रवाह गर्ने माध्यम बन्नु मात्र हो र अतिथिका विचार व्यक्त गराउन सहजीकरण गर्नु हो। यसको अर्थ हामीले कठिन र असुविधाजनक प्रश्न सोध्नु हुँदैन भन्ने होइन । सूचनामूलक, चाखपरक, महत्वपूर्ण र निष्पक्ष ढंगले प्रश्न कसरी सोध्न सकिन्छ भन्ने चाहिं अन्तर्वार्ताकारले थाहा पाउनुपर्छ।
भारतीय सञ्चारमाध्यमको अहिलेको परिदृश्य सन् २०१४ को चुनावपछि नाटकीय रुपले बदलिएको हो । भाजपाका वरिष्ठ नेताहरुका लागि न्युज रुममा पुग्नु र पत्रकारका लागि समाचारको एंगल तय गर्नु असामान्य होइन। मैले पहिलो पटक नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि सरकारी काम कारबाहीमा आलोचनात्मक रिपोर्टिङ गर्नेहरूमा त्यस्तो भय देखेको हुँ ।
अचेलहामीकतिपयटेलिभिजनकार्यक्रमसञ्चालकहरुमाएकखालेअन्धराष्ट्रवाददेखिरहेकाछौं।केकुनैएउटासमुदाय, धर्मवादेशविरुद्धयतिपक्षपातीहुनुसामान्यकुराहो ?
यो पटक्कै सामान्य होइन । पत्रकारिताको पूरा अध्ययन नै निष्पक्षताको महत्वबारे समर्पित हुनेगर्छ । पत्रकारितामा १५ वर्ष बिताएपछि मलाई के लागेको छ भने पूर्णरुपले निष्पक्ष सञ्चारमाध्यम वा पत्रकार पाउन अत्यन्त कठिन छ किनभने आआफ्ना व्यक्तिगत भावना र पूर्वाग्रहमा उनीहरु यति गहिरोसँग डुबेका हुन्छन्, त्यसबाट अलग राख्न साह्रै कठिन छ ।
उदाहरणका लागि, मैले सन् २०१५ को नेपालको भूकम्प जसरी रिपोर्टिङ गरें त्यो अर्को गैर नेपाली पत्रकारले कभर गरेको भन्दा पक्कै फरक भयो । किनभने यो मेरा लागि आफैसँग जोडिएको कुरो थियो, मलाई विश्व मञ्चमा नेपाललाई कसरी प्रस्तुत गरिराखिएको छ भन्ने स्वाभाविक चासो थियो ।
तपाईंसँग मान्यताहरु हुन सक्छन् तर पत्रकारको रुपमा आफ्नो विचार थोपर्न हुँदैन ।
अमेरिकामा पनि धेरै प्राइम टाइम शोहरु निश्चित राजनीतिक पार्टी वा विचारधाराका अंशका रुपमा छन् । तर, अमेरिकाका अधिकांश दर्शक यसबारे सचेत छन् । भारतका बारेमा चिन्तित पार्ने कुरा के हो भने पत्रकार, व्यवसायी र राजनीतिका बीचको साँठगाँठ नै प्रष्ट हुँदैन । जसले गर्दा दर्शक पाठक भ्रममा पर्ने संभावना धेरै हुन्छ ।
त्यसोभएभारतीयसञ्चारमाध्यमसरकारी ‘प्रोपगान्डा’बाटैनिर्देशितभइरहेकाहुन्त ?
भारतीय सञ्चारमाध्यमलाई यसरी सामान्यीकरण गर्नु उचित हुँदैन । यो धेरै विशाल र विविधतायुक्त छ । केही अनलाइन पोर्टल र द हिन्दू जस्ता अखबारहरु, रविस कुमार जस्ता राम्रा पत्रकारहरु पनि छन्, जो स्वतन्त्र रुपमा काम गरिरहेका छन् ।
तर, त्यहाँका कतिपय नेटवर्क भने विशेष गरी सत्तारुढ दलको दृष्टिकोणबाट प्रभावित र निर्देशित छन् । कोही चाहनाले त कोही बाध्यतावश त्यसो गरिरहेका छन् ।
विडम्बना, भारतीय मिडिया सधैं यस्तो थिएन । भारतीय सञ्चारमाध्यमको अहिलेको परिदृश्य सन् २०१४ को चुनावपछि नाटकीय रुपले बदलिएको हो । भाजपाका वरिष्ठ नेताहरुका लागि न्युज रुममा पुग्नु र पत्रकारका लागि समाचारको एंगल तय गर्नु असामान्य होइन। मैले पहिलो पटक नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि सरकारी काम कारबाहीमा आलोचनात्मक रिपोर्टिङ गर्नेहरूमा त्यस्तो भय देखेको हुँ ।
भारत र भारतीयहरुलाई धेरै मन पराउने एउटा व्यक्तिका रुपमा म स्तब्ध अनि निराश छु, यति चाँडै लोकतन्त्रकै एउटा पुञ्ज कसरी यसरी निस्तेज हुनपुग्छ ?
टीभीनेटवर्ककोयोउच्चडेसिबलकोकर्कश सामग्रीलेकसरीभारतकोराजनीतिकरमिडियापरिदृश्यलाईपरिवर्तनगरिरहेकोछ ?
मिडिया एउटा व्यवसाय हो र भारतमा टीभी पत्रकारहरु, विशेष गरी, रोमाञ्चक र अधिक अपमानजनक बहसहरु खोज्छन् । यसका दर्शक धेरै हुन्छन् । परिणामतः आम्दानी बढ्छ।
तपाईंसँग टीभीमा धेरै ‘स्मार्ट’ कार्यक्रम सञ्चालक हुनसक्छन्, तर उनले आफ्नो उपस्थिति महशुस गराएनन्, वा जोश वा आवेग भर्न सकेनन् भने दर्शक हेरेर बसिरहँदैनन् । दशर्कहरु, सामान्यतः तर्कका माध्यमबाट अडिएर बसिरहेका हुन्छन् । प्रख्यात अर्थविद् अमर्त्य सेनले लेखे झैं ‘भारतीय शायद संसारमा सबैभन्दा अधिक तर्कशील छन् ।’
असल पत्रकारले दर्शकको रुचि र आफ्नो पेशागत धर्मको रेखा कहाँ खिच्ने भनेर थाहा पाउन सक्नुपर्छ । भारतमा धेरै प्राइम टाइम समाचार कार्यक्रमहरुले यसलाई धेरै टाढा छाडिसकेका छन् । त्यसैले यी हेर्नयोग्य छैनन्, अझ महत्वपूर्ण त यी अनैतिक छन् ।
भारतको तुलनामा नेपाली मिडिया नयाँ र धेरै नम्र छ । धेरैजसो यो निष्पक्ष नै देखिन्छ तर मेरो दुस्साहस नै भन्नुहोस् यो केही अल्छी लाग्दो पनि छ । हाम्रा अधिकांश समाचार कार्यक्रमहरु अझै पनि परम्परागत ढंगका छन् । जसले पुरातन विश्वास र मोह छाड्न नसकेको देखाउँछ ।
केतपाईंरिपब्लिकटीभीकाअर्नवगोस्वामीवाजीटीभीकासुधीरचौधरीलाईपत्रकारमान्नुहुन्छ ?
म अर्नव गोस्वामी वा सुधीर चौधरीले सञ्चालन गर्ने प्राइम टाइम शोलाई ‘इन्फोटेन्मेन्ट’को साह्रै खतरनाक स्वरुप मान्छु । समाचारका रुपमा प्रस्तुत गरिने उनीहरुका सामग्री वास्तवमा नागरिक अभिमत प्रभावित पार्न सुनियोजित तवरले डिजाइन गरिएको कार्यक्रम हो ।
तिनका केही ‘शो’हरू सन्तुलित र बुद्धिमत्तापूर्ण पनि हुन्छन्। तर धेरै चाहिं एकपक्षीय, आगो लगाउने र उत्तेजना फैलाउने किसिमका छन् । हामीलाई थाहा हुनुपर्छ, अर्नवले काम गर्ने च्यानल रिपब्लिक टीभी भाजपाका संसद सदस्यको सह–स्वामित्वमा छ र जी टीभी एक अर्बपतिको स्वामित्वमा छ, जो भाजपाको समर्थनमा राज्यसभामा छन् ।
त्यहाँ स्पष्टरुपले स्वार्थको द्वन्द्व देखिन्छ । यी च्यानलहरु सरकारको मुखपत्र बनिसकेका छन् ।
यसरीहेर्दानेपालीसञ्चारमाध्यमलाईचाहिँ कसरीमूल्यांकनगर्नुहुन्छ ?
भारतको तुलनामा नेपाली मिडिया नयाँ र धेरै नम्र छ । धेरैजसो यो निष्पक्ष नै देखिन्छ तर मेरो दुस्साहस नै भन्नुहोस् यो केही अल्छी लाग्दो पनि छ। हाम्रा अधिकांश समाचार कार्यक्रमहरु अझै पनि परम्परागत ढंगका छन् । जसले पुरातन विश्वास र मोह छाड्न नसकेको देखाउँछ ।
भारतीय समकक्षी मिडिया भन्दा नेपालका मिडिया नैतिकरुपले बलिया छन् तर हाम्रा मिडियाले मानिसका हृदय छुन सकिरहेका छैनन् । सूचनाको बोझले थिचिएको यो युगमा तपाईंको समाचारले पाठक दर्शकलाई झकझक्याउन, मानिसको मन मुटुमा घुस्न सक्नुपर्छ ।
यस्तो गर्ने तरिका भनेको जुन पात्रसँग तपाईंले साक्षात्कार गरिरहनुभएको छ, उनीप्रति समानुभूति राख्नुपर्छ । स्क्रिप्ट, भिडियो राम्रोसँग सम्पादन गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण त उनीप्रति करुणा देखाउनुपर्छ । समाचार प्रवाह मात्र गर्नुहुँदैन । मुटु छुने गरी निशाना साँध्नु जरुरी छ । हामीसँग भन्न मिल्ने मोहक कथा धेरै छन् । त्यसै पनि नेपाल यस्तो ठूलो सामाजिक परिवर्तनको केन्द्रमा छ ।
हामीले पहिलेका लोकतान्त्रिक देशहरुमा समेत अधिनायकवादी शासकहरुको उदय भइरहेको देखिरहेका छौं, यस्तो वेला सञ्चारमाध्यमले पहिलेभन्दा थप स्वतन्त्र र सत्यतथ्यमा आधारित हुनु महत्वपूर्ण छ । सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूको आजको मुख्य चुनौती भनेको कुनै पनि राजनीतिक निष्ठाप्रति प्रद्धिबद्धता छ भने आफ्ना दर्शक श्रोतालाई त्यसबारेमा र आफ्नो लक्ष्यबारे प्रष्ट पार्नु हो ।
फरकप्रसंग, तपाईंकोअनुभवमाअन्तर्राष्ट्रियसञ्चारमाध्यमकासम्पादकहरुलाईनेपालका विषयमा समाचारबनाउनसहमतगराउनकत्तिकोगाह्रोहुनेगर्छ ?
ठूला र विश्वव्यापी नेटवर्कका लागि काम गर्दा त्यहाँ आफ्नै खालका चुनौती हुन्छन् । उदाहरणका लागि हामी अहिलेको कालापानी मुद्दालाई एउटा ठूलो स्टोरीका रुपमा देख्न सक्छौं, जसले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न सक्छ । किनभने यसमा दुई वा तीन सार्वभौम राष्ट्रहरु सामेल छन् ।
यो भूराजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्रमा अवस्थित छ । तर के बोलिभियामा नेपालमा के भइरहेको छ भनेर वास्ता गर्ने पनि कोही होलान् ?
मैले सीएनएनमा सन् २०१५ को नाकाबन्दी कभर गर्न धेरै प्रयत्न गरें तर जब नेपालको त्यो समस्यालाई सिरिया, यमन वा हरेक दिनका ठूला समाचार सामग्रीसँग तुलना गरें, नेपालको दुःख तुलनात्मक रुपमा सानो भयो । म त्यसवेला निकै निराश भएँ । पश्चिमी सञ्चारमाध्यमले पूर्वबाट सधैं उस्तै अवधारणाबाट ग्रसित कभरेज मात्र गर्छन् भन्ने मेरो यो दुखेसो पनि हुनसक्छ ।
नेपाल वा भारतमा पनि हामी प्रायः अन्तर्राष्ट्रिय मिडियालाई अनुकरण गर्नैपर्छ भनेझैं गरी उनीहरुलाई सुनौला मानकका रुपमा देख्छौं । तर, उनीहरु पूर्णतः सही छन् भन्नेमा म आश्वस्त छैन । उनीहरुका पनि आफ्ना सीमा छन्, त्यसैगरी आफ्नै खालका विश्व दृष्टिकोण र पूर्वाग्रह पनि छन् ।
तपाईकोविचारमा, अहिलेकोपत्रकारितालेलोकरिझ्याइँबाटप्रेरितअधिनायकवादीहरुकोउत्थानरउनीहरुलेसामाजिकसञ्जालमागरिरहेकोबदलावलाईकसरीसामनागर्नुपर्ला ?
एउटा पत्रकारको भूमिका भनेको नागरिकको आवाज लिएर शक्तिमा रहेकालाई जवाफदेही बनाउनु हो । पत्रकारले सरकार, प्रहरी, न्यायालय, उद्योगी, व्यापारी र सञ्चारमाध्यमकै बारेमा प्रश्न गरिरहेको हुनु पर्छ। ।
हामीले पहिलेका लोकतान्त्रिक देशहरुमा समेत अधिनायकवादी शासकहरुको उदय भइरहेको देखिरहेका छौं, यस्तो वेला सञ्चारमाध्यमले पहिलेभन्दा थप स्वतन्त्र र सत्यतथ्यमा आधारित हुनु महत्वपूर्ण छ ।
सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूको आजको मुख्य चुनौती भनेको कुनै पनि राजनीतिक निष्ठाप्रति प्रद्धिबद्धता छ भने आफ्ना दर्शक श्रोतालाई त्यसबारेमा र आफ्नो लक्ष्यबारे प्रष्ट पार्नु हो ।
अमेरिका लगायतका देशमा डोनल्ड ट्रम्प जस्ता नेता हुनु त्यति चिन्ताजनक विषय होइन किनभने त्यहाँका प्रमुख संस्था न्यायपालिका, विधायिका र सञ्चारमाध्यम दह्रो भएर उभिन्छन्। तर भारतमा सरकारको निगरानीका लागि जुन जुन संस्थालाई जिम्मेवारी दिइएको छ तिनीहरु नाटकीय रुपले कमजोर भएका छन्, यो अत्यन्तै चिन्ताजनक विषय हो ।
हामी धन्य छौं, हामीकहाँ अहिले धेरै स्वतन्त्र अनलाइन पोर्टल वृद्धि भइरहेको देखिरहेका छौं, यद्यपि तिनीहरुसँग मूलधारका सञ्चारमाध्यमको जस्तो पहुँच नहुन सक्छ । सामाजिक सञ्जालको व्यापकता र यसको जनमत जुटाउने क्षमताले मिडियामा मात्र होइन व्यापार र राजनीतिक परिदृश्यमा पनि ठूलो परिवर्तन ल्याएको छ । परम्परागत रुपमा सत्य सबैभन्दा महत्वपूर्ण चिज थियो । अब सत्यको पनि अवधारणा र दृष्टिकोण सामाजिक सञ्जालद्वारा निर्देशित छ ।
सामाजिक सञ्जालका पनि अनेक खराबी छन्, गलत समाचार र ‘क्लिक बिट’ (निश्चित वेब पेजमा क्लिक गर्न आकर्षित गर्ने सामग्री) । तर यिनले सामान्यतः जनतालाई सूचित गर्ने, थप सचेत र जागरुक बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
(उदासको नेपाली टाइम्स मा प्रकाशित अन्तर्वार्ताको अनुवाद)