चीनसँगको सीमा विवाद १९६१ मा नै समाधान भइसक्यो, नेपाली गाउँ चीनमा छैन : परराष्ट्र मन्त्रालय
नेपालको भूभाग र गाउँ चीनपट्टि रहेको भनेर सार्वजनिक भइरहेका समाचारप्रति परराष्ट्र मन्त्रालयले सत्यता नभएको बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले सार्वजनिक सञ्चार माध्यममा आएका समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले सीमा विवादका बारेमा ५ अक्टुबर १९६१ मा नै समाधान भइसकेको जनाएको छ।
कृषि तथा उद्योग मन्त्रालयको तथ्याङ्कका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका केही सांसदहरूले प्रतिनिधि सभामा संकल्प प्रस्ताव नै पेश गरेका थिए।