थप ४३४ जना कोरोना संक्रमित भेटिए, दुई जना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टायता देशभर थप ४३४ जना कोरोना संक्रमित भेटिएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ भने मृत्यु हुनेको संख्या २६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर देवकोटाले कोरोना संक्रमणका कारण हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेको जानकारी गराएका छन्। त्यस्तै संक्रमितमध्ये ४८ जना महिला र बाँकी ३८४ पुरुष रहेका छन्।
संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्।
नेपालमा अहिलेसम्म पीसीआर मेसिनबाट १९९७३७ जनाको परीक्षण गरिएको छ भने ७४०२२ जना अझै क्वारेन्टिनमा रहेका छन्। मन्त्रालयले जनाए अनुसार ८४८६ जना आइसोलेसन वार्डमा छन् भने २६५० जना डिस्चार्ज भएका छन्।