रियलमीद्वारा ‘रियलमी सी ३’ सार्वजनिक
रियलमीले बुधबार ‘रियलमी सी ३’ सार्वजनिक गरेको छ।
रियलमीले शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘ट्रिपल क्यामेरा, गेम मोनिस्टर’—रियलमी सी ३ को घोषणा गरेको हो।
रियलमी सी ३ मुख्यगरी ४ क्षेत्र— प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेरा राम्रो रहेको रियलमीले जनाएको छ।
रियलमी सी ३ मा मिडियाटेक हेलियो जी ७० प्रोसेसर भएकाले प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन गर्ने जनाएको छ।
रियलमी सी ३ ब्लेजिङ रेड र फ्रोजन ब्लु रङमा रहेको छ । नेपालमा १० असारबाट बिक्री शुरु भएको रियलमी सी ३, ३ जीबी र्याम र ३२ जीबी स्टोरेजका साथ रु १६९९० मा उपलब्ध हुने जनाएकाे छ।
ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध हुने जनाइएको छ।