थप समाचार विहीबार, असार ११, २०७७

महिलालाई छुट्टै आइसोलेसन

हिमालखबर

महिलालाई छुट्टै आइसोलेसन

-उन्नती चौधरी, धनगढी

धनगढी उप–महानगरपालिकाले कोरोना संक्रमित पुरुष र महिलाका लागि छुट्टा–छुट्टै आइसोलेसन सञ्चालनमा ल्याएको छ। २८ बेडको आइसोलेसन मध्ये महिलाका लागि १० बेड छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ।

महिलाका लागि छुट्टै भवनमा आइसोलेसन निर्माण गरिएको उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले बताइन्। धनगढी नगरपालिका–१५, जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा संक्रमित बिहीबार बाट राख्न शुरु गरिएको उपप्रमुख भट्टले बताइन्।

आवश्यकता अनुसार बेड थप गर्ने नगरपालिकाले जनाएको छ। अहिले सञ्चालनमा ल्याइएको आइसोलेसनमा १५० बेडसम्म बनाउन सकिने उनले बताइन्। प्रदेशको सरकारले बनाएको कारोना अस्पतालमा ६५ वटा मात्रै आइसोलेशन बेड छन्।

उपमहानगर पालिकाले बी.पोलिटेक्निकमा पनि १० बेडको ओइसोलेशन बनाउने तयारी गरेको छ। धनगढी उप–महानगरपालिकाभित्र मात्रै ६५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। जस मध्ये २ जनालाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार भइरहेको छ।

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले जटिल अवस्थाका संक्रमितलाई मात्रै आइसोलेसनमा राखेर उपचार गरिने बताए। कैलारी गाउँपालिकामा आठ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ।

 

प्रतिकृया दिनुहोस