थप समाचार विहीबार, असार ११, २०७७

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालखबर

हल्कादेखि मध्यम वर्षाको सम्भावना
null

देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थान भन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहीबार भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले बताइन्। “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, उनले भनिन्।

प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, २, ५, वाग्मती , गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस