खेलकुद विहीबार, असार ११, २०७७

मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको शानदार जित

हिमालखबर

मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको शानदार जित

इंग्लिस प्रिमिर लिगमा एन्थोनी मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ। सेफिल्ड युनाइटेड विरुद्ध बुधबार राति सकिएको खेलमा म्यानचेस्टरका लागि मार्सलले ह्याट्रिक गरेका हुन्।

खेल शुरु भएको सातौं मिनेटमै मार्सलले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। उनैले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाए भने व्यक्तिगत दोस्रो गोल गरे।

खेल अवधिभर पुरापुर हाबी भएको म्यानचेस्टर विरुद्ध सेफिल्डले सान्त्वना गोल समेत फर्काउन सकेन। खेलको ७४औं मिनेटमा फेरि गोल गर्दै मार्सलले ह्याट्रिक गरे।

जितसँगै म्यानचेस्टर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडिसकेको छ।

लिगको उपाधि भने लगभग लिभरपुलको पोल्टामा गइसकेको छ। सात खेल बाँकी रहँदै लिभरपुललाई उपाधि जित्न दुई अंक मात्रै बाँकी छ। लिभरपुलले ३१ खेलबाट ८६ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस