छोरालाई बढी र छोरीलाई कम अधिकार स्वीकार्य छैन: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकताको सवालमा महिला र पुरुषबीच विभेद गर्न नहुने बताएका छन् ।
बुधबार साँझ ट्वीट गर्दै देउवाले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुषबीच विभेद भएको बारे टिप्पणी गर्दै यस्तो विधेयक अघि नबढाउन सत्तारुढ नेकपालाई आग्रह पनि गरेका छन् ।
महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ भन्दै लेखेका छन्, "हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।"
त्यस्तै अर्को ट्वीटमा उनले वैवाहिक अंगीकृत नागरिकता दिईंदा भइरहेको विभेदबारे टिप्पणी गरेका छन् । उनको ट्वीटमा भनिएको छ, "नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।"
उनको अर्को ट्वीटमा लेखिएको छ, "महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।"
यसअघि यसै विषयमा कांग्रेसका सांसद गगन थापाले पनि ट्वीट गर्दै संविधानमै भएको नागरिकता सम्बन्धी प्रावधान भेदभावपूर्ण भएको भन्दै संविधान संशोधन गर्नुपर्ने बताएका थिए ।
उनको ट्वीटमा राखिएको दुई पृष्ठको विज्ञप्तिमा भनिएको छ, "संविधानमा समानता मौलिक हकको रुपमा राखिसकेपछि यसो गर्न पाईंदैन, त्यस्ता कतिपय विषय सच्याउन संविधान संशोधन गर्नुपर्ने भएकाले संशोधन गरौं ।"
यसअघि बुधबार बिहानै कांग्रेस सांसद गगन थापाले पनि ट्वीटबाटै संविधानमै भएको नागरिकता सम्बन्धी प्रावधान भेदभावपूर्ण भएकाले संविधान संशोधन गर्नुपर्ने बताएका थिए ।
उनको ट्वीटमा राखिएको दुई पृष्ठको विज्ञप्तिमा भनिएको छ, "सविधानमा समानता मौलिक हकको रुपमा राखिसकेपछि यसो गर्न पाईंदैन, त्यस्ता कतिपय विषय सच्याउन संविधान संशोधन गर्नुपर्ने भएकाले संशोधन गरौं ।"