रुकुम हत्याकाण्डमा वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा र चार जनालाई धरौटीमा छोड्न आदेश
रुकुम पश्चिमको सोतीगाँउमा भएको समूहिक हत्याको घटनामा जिल्ला अदालतले वडाअध्यक्षसहित २३ जनालई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार सकिएको थुनछेक बहसबाट अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसअघि नै २ नाबालकलाई अदालतले नै बाल सुधारगृहमा पठाउन आदेश दिएको थियो ।
न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएका चार जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । जसमा परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(२) लाई एक लाख रुपैयाँ धरौटी र इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
कारागार चलान हुनेमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर र परिवर्तित नाम ५४, ३६ (१) तथा (३) छन् ।
हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध ज्यान मार्ने उद्योग, हत्या र जातीय विभेदको अभियोग दर्ता भएको थियो ।
गएको १० जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटबाट गएका युवामाथि सोतीका स्थानीयले सामूहिक आक्रमणमा चौरजहारीकै एक युवकसहित ६ जनाको मृत्यु भएको थियो ।्
प्रविर ददेल, रुकुम
यो पनि: