सुनको भाउ बढेर अहिलेसम्मकै उच्च, व्यापार शून्य
सुनको भाउ बढेर अहिलेसम्मको उच्च बिन्दुमा पुगेको छ । बुधबार प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय र तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएको छ । चाँदीको भाउ प्रतितोला ९४५ रुपैयाँ पुगको छ । मंगलबार छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजावीको भाउ ९० हजार १६० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस भाउ १७६९.९६ डलर र चाँदी १७.८८ डलरमा कारोबार भएको महासंघले जनाएको छ । बन्दाबन्दी खुकुलो भएसँगै बजारहरु खुल्न थालेका छन् ।
बजार खुल्दै गए पनि सुनचाँदीको व्यवसाय भने ठप्प नै रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्दै सुनको भाउ असार महिनामै तोलामा एक लाख नाघ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको आंकलन गरेको छ ।
जर्मनी, अमेरिका जस्ता ठूला अर्थतन्त्रको केन्द्रीय बैंकले सुनमा लगानी बढाएका कारण अझै भाउ बढ्न सक्ने अवस्था देखिएको महासंघको भनाइ छ ।