पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना संक्रमण भेटियो
नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ६२९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार उनीहरु मध्ये ५१९ जना पुरुष र ११० जना महिला रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ । जसमा १९७ महिला र २१४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८ महिला र १०६ पुरुष गरी ११४ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।
नेपालका ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।