पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ९० जना महिला र ४४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएका ५३८ जना कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको छ।
त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा डिस्चार्ज भएका ७६ जनासँगै नेपालमा हालसम्म २२२४ जना कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिन्मा ८५८१३ र आइसोलेसनमा ७८५१ जना रहेका छन्।
संक्रमणका कारण नेपालमा २४ जनाको ज्यान गइसकेको छ।