टिप्पणी मंगलबार, असार ९, २०७७

कसले बनाइरहेको छ कोभिड–१९ विरुद्धको खोप, कुन चरणमा परीक्षण हुँदैछ?

हिमालखबर

कसले बनाइरहेको छ कोभिड–१९ विरुद्धको खोप, कुन चरणमा परीक्षण हुँदैछ?
भ्याक्सिन कोभिड १९ को स्टिकर लगाइएका साना बोतलहरु र मेडिकल सिरिन्जका चित्र ।

खोप सर्वसुलभ होस् र त्यसमा धनी राष्ट्रहरूको मात्र हालिमुहाली नहोस् भनेर विश्व स्वास्थ्य संगठन लगायतका केही गैरसरकारी संघसंस्थाहरूले पनि ठूलो धनराशि खर्चिरहेका छन्। गेट्स फाउण्डेसनले त कोभिड खोपको विकासका अतिरिक्त विकासशील देशहरूको आवश्यकता बुझी खोप उत्पादन गर्ने ठूला कारखाना नै स्थापना गर्ने भएको छ।

डा. राजीवमणि नेपाल

यसअघि खोप कसरी बनाइन्छ, कसरी काम गर्छ, र यसको विकास गर्न वर्षौं किन लाग्छ  भनेर संक्षेपमा चर्चा गरिएको थियो। यो दोस्रो खण्डमा कोभिड–१९ विरुद्धको खोप विकासमा भएका प्रगति केन्द्रित सामग्री प्रस्तुत गरिएको छ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न बनाइएको खोप चाँडो भन्दा चाँडो सर्वसुलभ हुनु जरूरी छ तर परम्परागत प्रक्रियाबाट कोभिड–१९ को खोप विकास गर्ने हो भने कम्तीमा एक दशक लाग्ने हुँदा त्यो खोपको औचित्य र उपादेयता कम हुने तथ्य यसअघि नै प्रष्ट भइसकेको छ।

सार्स–कोभी–२ भाइरसको औपचारिक पहिचान भएको करीब अढाइ महीना भित्रै ‘मोर्डना’ कम्पनीले निर्माण गरेको खोप मानव परीक्षणको चरणमा प्रवेश गरेको थियो । परम्परागत विधिमा कम्तिमा तीनदेखि पाँच वर्ष वा सोभन्दा बढी समय लाग्ने गरेकोमा यसपटक यति छिटो परीक्षणका लागि मानव चरणमा जानु खोप विज्ञानको संसारमा अभूतपूर्व र ऐतिहासिक घटना हो।

खोपको गुणस्तरमा सम्झौता नगरी परम्परागत प्रक्रियालाई पुनरावलोकन गरेर कम भन्दा कम समयमा खोप विकास गर्नुलाई भने निर्विकल्प उपाय मान्न सकिन्छ । विगत /छ महीनामा भएका खोप निर्माणका घटनाक्रमलाई हेर्ने हो भने यसतर्फ धेरै सुखद संकेतहरू देखिएका छन्।

सार्स–कोभी–२ भाइरसको औपचारिक पहिचान भएको करीब अढाइ महीना भित्रै ‘मोर्डना’ कम्पनीले निर्माण गरेको खोप मानव परीक्षणको चरणमा प्रवेश गरेको थियो । परम्परागत विधिमा कम्तिमा तीनदेखि पाँच वर्ष वा सोभन्दा बढी समय लाग्ने गरेकोमा यसपटक यति छिटो परीक्षणका लागि मानव चरणमा जानु खोप विज्ञानको संसारमा अभूतपूर्व र ऐतिहासिक घटना हो।

याे पनि पढ्नुहाेस्–कोभिड–१९ विरुद्धको खोप: अझै कति समय पर्खनु पर्ला ?

यसैगरी त्यसपछिको विगत तीन महीनामा थप बाह्रवटा खोप (हेर्नुहोस्, चित्र) परीक्षणको क्रममा मानव चरणमा प्रवेश गर्नु र तीमध्येको एउटा द्रुत गतिमा तेस्रो चरणमा प्रवेश गर्नु अझ सुखद र शुभ संकेत हो।

यी सबै खोपहरू हाल परीक्षणका क्रममै रहे पनि यसले एक–डेढ वर्षभित्र खोप तयार गर्ने महत्वाकाङ्क्षी योजनामा उल्लेख्य प्रगति भएको पुष्टि गर्छ । कसरी सम्भव भयो त यो सबै यति चाँडो?

कोभिड–१९ को खोप विकासमा देखिएको उदाहरणीय प्रगति एउटा व्यक्ति वा निकायको एक्लो प्रयासले मात्रै सम्भव भएको होइन । यो सबै हुनुमा सारा विश्वले देखाएको तदारुकता; ठूला औषधि कम्पनीहरूले सामान्य समयमा गरिने व्यापारिक हिसाबकिताबलाई पन्छाएर गरेको अभूतपूर्व लगानी आदिले पनि काम गरेको छ।

यस्तै वैज्ञानिक जगतमा हुने प्रतिस्पर्धामाथि रहेर देखाइएको एकजुटता; नियमन गर्ने सरकारी निकायहरू एवं खोप निर्माण गर्ने कम्पनीसँग सहकार्य गर्न सरकारले देखाएको दृढ इच्छा; संसारले विज्ञानमाथि गरेको विश्वास र भरोसा पनि त्यत्तिकै जिम्मेवार छन्।

वैज्ञानिकहरूले कोभिड–१९ को खोप परीक्षणको आधारभूत डिजाइनमा समयको माग अनुरूप व्यापक परिवर्तन गरेका छन् । माथि उल्लेख गरिएजस्तै परम्परागत विधिमा फेज १, २ र ३ लाई मान्छेमा क्रमशः सम्पन्न गर्दा अत्यधिक समय लाग्ने भएकाले वैज्ञानिकहरूले यी तीन चरणलाई समानान्तर अर्थात् सकेसम्म साथसाथै गर्ने अवधारणा ल्याएका छन्।

डाटा विश्लेषण गर्न वर्षौं लाग्ने परम्परागत तरिकाको सट्टा रियल टाइममा गर्न थालिएको छ । त्यस्तै परम्परागत तरिकामा सामान्यतया अपरिवर्तनकारी मानिने मानव परीक्षणको डिजाइनलाई रियल टाइम नतिजा अनुसार परिमार्जन गर्दै जाने नीति (एडप्टिभ डिजाइन) अंगीकार गरिएको छ।

यसैगरी फेज ३ लाई अझै छोटो समयमा पूरा गर्न (अघिल्लो खण्डमा उल्लेख गरिए झैं) मानिसमा पनि च्यालेन्ज परीक्षण गर्ने पो हो कि भन्ने कुरा पनि बहसमा आउन थालेका छन् । औषधि र खोपलाई नियमन गर्ने अमेरिका, क्यानाडा, युरोपियन युनियन लगायत विभिन्न देशका सरकारी निकायहरू एक्लाएक्लै काम गर्नुभन्दा साझा अवधारणा निर्माण गरेर परीक्षणको शुरूदेखि नै सामेल र क्रियाशील भएर लामो र झन्झटिलो अनुमति प्रक्रियालाई चुस्त पार्न लागेका छन्।

औषधि निर्माण गर्ने कम्पनीहरूले खोप सफल भएर अनुमति पाउनु अगाडि नै ठूलो जोखिम मोलेर खोप निर्माण गर्न थालेका छन् । खोप सफल भए तुरुन्त वितरण गर्न सकियोस् भनेर त्यसो गरिएको हो । आशलाग्दा खोपका संभावित उम्मेदवार (भ्याक्सिन क्यान्डिडेट) को विकास गर्न आर्थिक अभाव नहोस् भनेर सारा विश्व नै आर्थिक लगानी गर्न सक्रिय छ ।

औषधि निर्माण गर्ने कम्पनीहरूले खोप सफल भएर अनुमति पाउनु अगाडि नै ठूलो जोखिम मोलेर खोप निर्माण गर्न थालेका छन् । खोप सफल भए तुरुन्त वितरण गर्न सकियोस् भनेर त्यसो गरिएको हो । आशलाग्दा खोपका संभावित उम्मेदवार (भ्याक्सिन क्यान्डिडेट) को विकास गर्न आर्थिक अभाव नहोस् भनेर सारा विश्व नै आर्थिक लगानी गर्न सक्रिय छ ।

अमेरिकी सरकारले ‘अपरेसन द्रुत–गति’ अन्तर्गत सन् २०२१ जनवरीसम्ममा कम्तीमा ३० करोड अमेरिकीलाई खोप दिने महत्वाकाङ्क्षी उद्देश्य पूरा गर्न एक बेलायती सहित पाँच वटा खोप चयन गरेर विकास र निर्माण गर्न अरबौं डलर लगानी गर्ने भएको छ ।

याे पनि पढ्नुहाेस्–कोरोना संक्रमित पहिचान गर्ने 'कन्ट्याक्ट ट्रेसिङ'मा कहाँ भइरहेछ कमजोरी ?

त्यस्तै बेलायती सरकार र युरोपियन युनियनले पनि सम्भावित खोप चयन गरेर लगानी गरिरहेका छन् । खोप सर्वसुलभ होस् र त्यसमा धनी राष्ट्रहरूको मात्र हालिमुहाली नहोस् भनेर विश्व स्वास्थ्य संगठन लगायतका केही गैरसरकारी संघसंस्थाहरूले पनि ठूलो धनराशि खर्चिरहेका छन् ।

महामारीको सामना गर्न विश्वलाई सक्षम बनाउने पुनीत उद्देश्य लिएर ‘डाभोस सम्मेलन २०१७’ का दौरान खडा भएका विश्वका विभिन्न संस्थाहरूको गठबन्धन ‘सीईपीआई’ ले कोभिड–१९ विरुद्धको खोप विकास गर्न करीब दुई अर्ब डलर सहयोग गर्ने लक्ष्य राखेको छ ।

यो ऐतिहासिक ऐक्यबद्धतालाई प्रतिबिम्बित गर्ने गरी संसारभरि खोप निर्माणमा अभूतपूर्व र उत्साहजनक सहभागिता भएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले जून १८ मा अद्यावधिक गरेको सूची अनुसार १४० भन्दा बढी (भ्याक्सिन क्यान्डिडेट) खोपका उम्मेदवारहरू परीक्षणको विभिन्न चरणमा छन् ।

महामारीको सामना गर्न विश्वलाई सक्षम बनाउने पुनीत उद्देश्य लिएर ‘डाभोस सम्मेलन २०१७’ का दौरान खडा भएका विश्वका विभिन्न संस्थाहरूको गठबन्धन ‘सीईपीआई’ ले कोभिड–१९ विरुद्धको खोप विकास गर्न करीब दुई अर्ब डलर सहयोग गर्ने लक्ष्य राखेको छ ।

तीमध्ये १३ वटा खोप मानव चरणमा प्रवेश गरिसकेका छन् । खोप विकास गर्न लागिपरेका देशहरूको सूचीमा उत्तर अमेरिका, युरोप र चीन अग्र पङ्क्तिमा देखिएका छन् । त्यस बाहेक एसिया र दक्षिण अमेरिकाका केही देशहरूको पनि झिनो सहभागिता रहेको देखिन्छ ।

याे पनि पढ्नुहाेस्–'डेक्सामेथासोन' कोरोना संक्रमितको जीवन बचाउने औषधि प्रमाणित

लगभग ९५ प्रतिशत खोपहरू अनुसन्धान र विकासको क्रममा असफल भएको निराशालाग्दो तथ्यांकका आधारमा हेर्दा यसरी सयौं खोपका उम्मेदवारहरू विकासका क्रममा हुनु शुभ संकेत हो । प्रारम्भिक चरणमा हुने यस्तो तीव्र प्रतिस्पर्धाले उच्च गुणस्तर र प्रविधिको खोप विकास हुने संभावना बढ्छ ।

अनुसन्धान र परीक्षणमा भएका खोपहरूलाई प्रविधिगत विभिन्न समूहमा बाँड्न सकिन्छ (हेर्नुस् तालिका) । यी प्रविधिका आफ्नै फाइदा र बेफाइदा छन् र अहिले नै कुन प्रविधि अब्बल र कुन प्रविधिको खोप परीक्षणमा सफल हुन्छ भनेर सही अनुमान गर्ने स्थिति अझै बनिसकेको छैन । यसरी धेरै प्रविधिका खोपहरूको सँगसँगै विकास हुँदा कुनै एउटा प्रविधि सफल हुने सभावना बढ्छ।

पहिलो समूहमा परम्परागत प्रविधि पर्छन्, जसअनुसार अक्षम (मृत) अथवा जिउँदो तर दुर्बल सार्स–कोभि–२ भाइरसलाई नै खोपका रूपमा प्रयोग गरिन्छ । करीब २०० वर्षभन्दा अघिदेखि माझिंदै र खारिंदै आएको यो प्रविधिबाट बनेका अनेक खोपहरू प्रभावकारी र व्यापक प्रयोगमा आएका छन् ।

पोलियो, रेविज, जण्डिस, दादुरा आदिका खोपहरू यसका केही सफल उदाहरण हुन् । यो खोप बनाउन भाइरसको उत्पादन गर्नुपर्ने हुनाले र खोप सुरक्षित छ भन्ने प्रमाण पनि पुर्याउनुपर्ने भएकाले यो खोप प्रभावकारी भए पनि अनुमति पाउन समय लाग्ने देखिन्छ।

याे पनि पढ्नुहाेस्–कोभिड–१९ संक्रमितको निगरानीमा सरकार कहाँ चुकिरहेको छ?

दोस्रो समूहमा प्रोटिन सबयुनिट खोपलाई राख्न सकिन्छ । यस्ता खोपहरूमा भाइरसको सट्टा भाइरसका केही प्रोटिन पार्टपुर्जाहरूको मात्र प्रयोग हुन्छ । यो प्रविधिको प्रयोग गरेर बनाइएका खोपहरूमा इन्फ्लुएन्जा, हेपाटाइटिस बी, एचपीभी केही उदाहरण हुन् ।

तेस्रो प्रविधिमा कोभिडको खोप बनाउन हामीलाई हानि नगर्ने अरू कुनै भाइरसको मद्दत लिइन्छ (भाइरल भेक्टर खोप) । त्यस्ता हानि नगर्ने भाइरसमा सार्स–कोभी–२ का केही पार्टपुर्जा हालेर बनाइने यस्ता खोपहरू प्रविधिका हिसाबले केही नयाँ नै हुन् ।

हाल मानव परीक्षणमा फेज ३ मा पुगेको अक्सफोर्ड विश्वविद्यालयमा विकास भइरहेको कोभिड–१९ भ्याक्सिन यही प्रविधि अन्तर्गत बनेको हो । चौथो प्रविधि अन्तर्गत ‘न्युक्लिक एसिड’ मा अधारित खोपहरू पर्छन् । यसमा सार्स–कोभि–२ भाइरसका पार्टपुर्जा बनाउने ‘ब्लु प्रिन्ट’, (जसलाई डीएनए वा आरएनए भनिन्छ) लाई खोपका रूपमा प्रयोग गरिन्छ ।

हाल मानव परीक्षणमा फेज ३ मा पुगेको अक्सफोर्ड विश्वविद्यालयमा विकास भइरहेको कोभिड–१९ भ्याक्सिन यही प्रविधि अन्तर्गत बनेको हो । चौथो प्रविधि अन्तर्गत ‘न्युक्लिक एसिड’ मा अधारित खोपहरू पर्छन् । यसमा सार्स–कोभि–२ भाइरसका पार्टपुर्जा बनाउने ‘ब्लु प्रिन्ट’, (जसलाई डीएनए वा आरएनए भनिन्छ) लाई खोपका रूपमा प्रयोग गरिन्छ । प्रविधिका दृष्टिले सबैभन्दा नयाँ यी खोप कम्प्युटरमा बसेर डिजाइन गर्न सकिन्छ र ठूलो मात्रामा उत्पादन गर्न पनि अरुभन्दा सजिलो छ ।

यो अत्याधुनिक र बहुप्रतिक्षित प्रविधि भए पनि अहिलेसम्म यस प्रविधि अन्तर्गत एउटा पनि खोप बजारमा आइनसकेकाले यो कति सुरक्षित वा प्रभावकारी छ भनेर अहिले नै भन्न सक्ने स्थिति छैन । सबभन्दा पहिले मानव परीक्षणमा गएको मोर्डना कम्पनीको कोभिड–१९ विरुद्धको खोप यही आरएनए प्रविधिमा आधारित छ।

सम्भावित समस्या

खोप विकासको बाटो असफलताको लामो शृङ्खला हो भन्ने बारेमा पहिलो शृङ्खलामै चर्चा गरिसकिएको छ । चाहे जस्तो प्रभावकारिता नदेखिएको खण्डमा खोपको उम्मेदवारलाई असफल मानिन्छ ।

यसैगरी खोप स्वस्थ जनसंख्यामा दिइने हुनाले रोगको उपचारमा प्रयोग गरिने औषधीजस्तो साइड इफेक्टहरू खोपमा स्वीकार्य हुँदैनन् । केही खोपका उम्मेदवारहरू प्रभावकारी भए पनि सुरक्षित नभएर वा धेरै साइड इफेक्टका कारण असफल हुन्छन् । कहिलेकाँही मानव परीक्षणका दौरान खोपले रोग घटाउनुको सट्टा बढेको पनि देखिएको छ जुन आफैँमा दुर्भाग्यपूर्ण हो ।

खोप विकासको बाटो असफलताको लामो शृङ्खला हो भन्ने बारेमा पहिलो शृङ्खलामै चर्चा गरिसकिएको छ । चाहे जस्तो प्रभावकारिता नदेखिएको खण्डमा खोपको उम्मेदवारलाई असफल मानिन्छ ।

सन् २००५ मा एचआइभीको खोप र २०१७ मा डेँगेको खोपले रोग घटाउनुको सट्टा बढाएको देखिए पछि प्रयोग र परीक्षण तत्काल रोकिएको थियो। कोभिड खोपका सन्दर्भमा यो ठूलो चिन्ताको विषय हो । कोभिड–१९ को खोप परीक्षण गर्दा खोपले रोग बढाउन सक्ने संभावनाका बारेमा समानान्तर रुपमा बृहत् अनुसन्धान गर्नु जरुरी मानिएको छ ।

याे पनि पढ्नुहाेस्–सरकारले गरिरहेको कोरोनाको र्‍यापिड टेष्ट अवैज्ञानिक, किन हुनसक्छ घातक ?

बुढेसकालमा जीउको प्रतिरोध गर्ने क्षमता कम हुने हुनाले उनीहरुले खोप लिए पनि यथेस्ट र गुणस्तरयुक्त एण्टीवडी लगायतका अरु प्रतिरोध गर्ने कोसिका बनाउने क्षमता कम भएका कारण खोप प्रभावहीन हुन सक्ने संभावना पनि छ।

सोसल डिस्ट्यान्सिङ, लकडाउन लगायतका अन्य कुनै पनि कारणले यदि फेज ३ मा भर्ती भएका मानिसहरुमा संक्रमणको दर न्यून भइदियो भने फेज ३ सम्पन्न गर्न अनपेक्षित लामो समय लाग्नसक्ने हुन्छ।

कालान्तरमा अरु कोरोनाभाइरस जस्तै मानिसलाई हानी नगर्ने वा निकै कम हानी गर्ने भाइरस पनि बन्न सक्छ। भाइरसलाई त्यसो गर्दा आफ्नो अस्तित्व जोगाइराख्न पनि सजिलो हुन्छ । मानिस र सार्स–कोभी–२ शान्तिपूर्ण सहअस्तित्वका आधारमा जुगौँ जुगसँगै रहन सक्छन्।

सार्स–कोभी–२ भाइरसको आन्तरिक बनावटका कारण यो विस्तारै समय अनुसार परिवर्तन भएर त्यसको बनोटमै परिवर्तन भयो भने हाल परीक्षणमा रहेको खोपले भविष्यमा काम नगर्ने हुन पनि सक्छ । अहिलेसम्मको खोजका आधारमा भाइरसमा त्यस्तो परिवर्तन निकट भविश्य मै तुरुन्त आइहाल्ने बलियो आधारहरू भने देखिँदैनन् ।

बुढेसकालमा जीउको प्रतिरोध गर्ने क्षमता कम हुने हुनाले उनीहरुले खोप लिए पनि यथेस्ट र गुणस्तरयुक्त एण्टीवडी लगायतका अरु प्रतिरोध गर्ने कोसिका बनाउने क्षमता कम भएका कारण खोप प्रभावहीन हुन सक्ने संभावना पनि छ।

यदि सार्स–कोभी–२ विरुद्धको प्रतिरोध क्षमताको संझनाशक्तिको आयु छोटो भयो भने हामीले धेरै वर्षसम्म यो खोप पटक पटक लिइरहनु पर्ने हुन पनि सक्छ । यसैगरी इन्फ्लुएन्जा भाइरस जस्तै यसले पनि आफ्नो बनोट परिवर्तन गरिरह्यो भने हामीले हरेक सिजनको लागि नयाँ खोप बनाउनु पर्ने हुन पनि सक्छ।

खोपको सफल परीक्षणपछि अनुमति पाएछ भने पनि त्यो कसरी विश्वभरिमा सर्वसुलभ हुन्छ र कसरी आवश्यकताका आधारमा मात्र वितरण हुन्छ भन्ने कुरामा पनि अहिले नै केही अन्योल देखिएका छन्।

अरवौँको संख्यामा रहेको विश्वलाई पुग्ने खोप तुरन्त बनाउन सक्ने पूर्वाधार अहिले विद्यमान छैन । जुन देशले खोप विकास र निर्माण गर्छ त्यसले नै खोपको वितरणमा हालिमुली गर्ने संभावना छ। खोपको खरिद बढाबढका आधारमा गरेर धनी देशहरुले मात्र प्रयोग गर्ने संभावना पनि छ ।

यसबाहेक खोप जस्तो जनस्वास्थ्यको मुद्दामा राजनीति, अन्धविश्वास, खोप माथिको मिथ्या अविश्वास जस्ता अतिवादहरू हावी हुने र समुदायमा खोपको उचित प्रयोग गर्न गाह्रो हुने संभावना पनि त्यत्तिकै छ।

अन्त्यमा, कोभिड–१९ को महामारी कम हुन सिद्धान्ततः पृथ्वीका ६० प्रतिशत देखि ७० प्रतिशत मानिसहरुमा यस विरुद्ध प्रतिरोध क्षमता उत्पादन हुनुपर्छ भनिएको छ ।

यदि अहिलेको महामारीलाई विना रोकटोक खुला छोडिदिने हो भने त्यो चाँडै नै सम्भव पनि हुनसक्छ तर त्यस बापत हामीले चर्को मानवीय मूल्य चुकाउनु पर्ने हुन्छ । यसको सबभन्दा ठूलो असर बुढाबुढी, अशक्त, रोगी र आर्थिक रुपमा विपन्न वर्गलाई हुनेछ।

यदि अहिलेको महामारीलाई विना रोकटोक खुला छोडिदिने हो भने त्यो चाँडै नै सम्भव पनि हुनसक्छ तर त्यस बापत हामीले चर्को मानवीय मूल्य चुकाउनु पर्ने हुन्छ । यसको सबभन्दा ठूलो असर बुढाबुढी, अशक्त, रोगी र आर्थिक रुपमा विपन्न वर्गलाई हुनेछ।

अहिलेको स्थितिमा प्रतिरोध क्षमता उत्पादन गर्ने अर्को सुरक्षित तरिका भनेको खोपको प्रयोग नै हो । तर खोपको विकास र निर्माणमा अझै केही समय लाग्ने हुँदा हामीले त्यतिञ्जेलसम्मका लागि महामारीलाई नियन्त्रण गर्न जनस्वास्थ्यका विभिन्न उपायहरु अवलम्वन गर्नुपर्ने हुन्छ । कस्तो उपाय प्रभावकारी हुन्छ भन्ने बहस महामारीको दर र प्रकृति, त्यो देशको भौगोलिक, सामाजिक, र आर्थिक अवस्था र विज्ञानमा आधारित हुनुपर्छ ।

(संक्रमण र भ्याक्सिनका विरुद्ध शरीरले कसरी प्रतिरोध क्षमता उत्पन्न गर्छ भन्ने विषयमा अनुसन्धान र विद्यावारिधि गरेका डा. नेपाल हाल औषधि र भ्याक्सिन निर्माण गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनीमा विज्ञका रूपमा कार्यरत छन् । हाल उनी क्यानाडाको भ्यानकुभरमा बसोबास गर्छन् ।)

प्रतिकृया दिनुहोस