थप समाचार सोमबार, असार ८, २०७७

अनेरास्ववियु र नेविसंघद्वारा विद्यालय बन्द अवधिको शुल्क नतिर्न आह्वान

हिमालखबर

अनेरास्ववियु र नेविसंघद्वारा विद्यालय बन्द अवधिको शुल्क नतिर्न आह्वान
फाइल तस्वीर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी विद्यालयलाई विद्यालय सञ्चालन नभएकाे अवधिकाे शुल्क नतिर्न अभिभावकलाई आह्वान गरेका छन्।

प्याब्सन र एनप्याब्सनले गतवर्षको बाँकी र शैक्षिकसत्र २०७७ को शुल्क बुझाउन आइतबार अपिल गरेपछि विद्यार्थी संगठनहरुले विज्ञप्ति प्रकाशित गरी उक्त आह्वान गरेका हुन्।

सोमबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी अनेरास्ववियु र नेविसंघले शिक्षण संस्था नै सञ्चालन नभएको अवधिको शुल्क नतिर्न भनेका हुन्।

सत्तारुढ र प्रमुख प्रतिपक्षीका ठूला दुई विद्यार्थी संगठनले विद्यालय बन्द रहेकाे र पठनपाठन पनि नभएकाे वेला केही विद्यालयले शुल्क तिर्न भनेपछि विद्यार्थी संगठनले विराेध जनाएका हुन्।

 

प्रतिकृया दिनुहोस