सानिमा ब्यांकले शुरु गर्यो अपाङ्गतामैत्री वेबसाइट
सानिमा ब्यांकले अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको जनाएको छ। यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरुका लागि उपयोगी हुने ब्यांकको विज्ञप्तिमा जनाइएको छ।
यो सुविधा प्रयोग गर्नका लागि ब्यांकको वेबसाइट https://www.sanimabank.com/को प्रयोग गर्न सकिने जनाएको छ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध रहेको पनि ब्यांकले जनाएको छ।