खेलकुद सोमबार, असार ८, २०७७

इभर्टनसँग अंक बाड्यो लिभरपुलले

हिमालखबर

इभर्टनसँग अंक बाड्यो लिभरपुलले

इंग्लिस प्रिमियर लिगमा लिड लिडर लिभरपुलले इभर्टनसँग अंक बाडेको छ। उपाधि होड नजिक पुगेको लिभरपुलले गोल गर्न नसकेपछि इभर्टनसँग अंक बाँडेको हो।

गोल रहित बराबरीमा निर्धारित ९० मिनेट सकिएपछि फराकिलो अग्रता लिदै आएको लिभरपुलले अंक बाड्यो। आइतबार राति सकिएको खेलमा लिभरपुलले ७० प्रतिशत कब्जा जमाएको थियो भने दश पटक पोष्ट प्रहार गरेको थियो।

लिभरपुलले ६ पटक त कर्नरको अवसर पायो। तर, गोल गर्न सकेन। यो सिजनमा लिभरपुलले बराबरी खेलेको यो दोस्रो खेल हो। ३० खेल खेलेको लिभरपुलले अहिलेसम्म एउटै मात्र खेलमा पराजय भोगेको छ।

इभर्टनसँग बराबरी खेलेसँगै लिभपुरलले ३० खेलबाट ८३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले भने २९ खेलबाट ६० अंक जोडेको छ। अर्थात्, लिभरपुलको अग्रता २३ अंकले माथि छ।

 

प्रतिकृया दिनुहोस