अर्थ/बजार आइतबार, असार ७, २०७७

लक्ष्मी ब्यांकलाई दोहा ब्यांकले दियाे २० मिलियन डलर

हिमालखबर

लक्ष्मी ब्यांकलाई दोहा ब्यांकले दियाे २० मिलियन डलर

लक्ष्मी ब्यांकले दोहा ब्यांक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ।

१५ वैशाख २०७७ सालमा लक्ष्मी ब्यांकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा ब्यांकको नेपालस्थित कन्ट्री हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र ब्यांकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न ब्यांकलाई थप स्रोत प्राप्त भएको ब्यांकले जनाएको छ।

प्रतिकृया दिनुहोस