टिप्पणी सोमबार, असार ८, २०७७

गुणकारी वनस्पति गुर्जो

हिमालखबर

गुणकारी वनस्पति गुर्जो
डा. यादव उप्रेती

पान झैं फिंजारिएको पात हुने गुर्जोको लहरा रूखका हाँगामा बेरिएर फैलिन्छ । यसको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार चिह्न देखिन्छ ।

कोभिड–१९ महामारीसँगै गुर्जोको खोजीनिती विशेषगरी नेपाल र भारतमा निकै बढेको छ । अहिले मात्र होइन निकै अघिदेखि यसको प्रयोग परम्परागत औषधि र जडीबुटी चियामा भइरहेको छ।

भारतमा योग गुरु रामदेवले यो महामारीका वेला यसको प्रयोग र उत्पादनलाई दिनहुँ प्रोत्साहन गरिरहेका छन् । रामदेव भन्छन्, “तारबार, पर्खाल नजिक वा जता हुन्छ– यो लगाऊ !”

यो पनि पढ्नुस् : आँगनमै औषधि

त्यसो त गुर्जोलाई ‘जडीबुटी एवम् गैरकाष्ठ वन पैदावार विकास नीति २०६१’ ले खेती तथा अनुसन्धानका लागि प्राथमिकतामा राखेको वनस्पतिको सूचीमा पनि अटाएको छ । गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो ।

गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो। यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो।

यो पनि पढ्नुस् : खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र

गुर्जो एक लहरेदार बहुवर्षीय वनस्पति हो (तस्वीरः गुर्जोको पात र लहरा) । संस्कृतमा गुडुची वा छिन्नोद्भवा र नेवारीमा गालेय भनेर चिनिने यो वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ ।

आयुर्वेदका प्राध्यापक डाक्टर नरेन्द्रनाथ तिवारी गुर्जोमा हुने आयुर्वेदिक गुणकै कारण यो महामारीका वेला यसको चर्चा भएको बताउँछन् । उनका अनुसार यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्घि हुन्छ । 

यो पनि पढ्नुस् : भिटामिनका चक्की स्वास्थ्यका लागि कति आवश्यक ?

आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।

चरक संहिता, चन्द्र निघन्टु, नेपाली निघन्टु लगायतका पुराना दस्तावेजका साथै वनस्पति विभागको महत्वपूर्ण प्रकाशन ‘मेडिसिनल प्लान्ट अफ नेपाल’मा यो वनस्पतिको उपयोगिताका बारेमा चर्चा गरिएको छ ।

वनस्पतिहरुको विवरण वर्णन गरिएका पुस्तकहरुमा गुर्जो चीन, थाइल्याण्ड, नेपाल, भारत, म्यानमार, मलेशिया, श्रीलंका लगायतका देशको उष्णतटीय क्षेत्रमा पाइने उल्लेख छ । नेपालमा भने यो वनस्पति तराईको जंगलदेखि मध्यपहाडी क्षेत्रका प्रायः सबै भूभागसम्म फैलिएको पाइन्छ ।

यस वनस्पतिमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।

यो पनि पढ्नुस् : अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता

वनस्पतिहरुको विवरण वर्णन गरिएका पुस्तकहरुमा गुर्जो चीन, थाइल्याण्ड, नेपाल, भारत, म्यानमार, मलेशिया, श्रीलंका लगायतका देशको उष्णतटीय क्षेत्रमा पाइने उल्लेख छ । नेपालमा भने यो वनस्पति तराईको जंगलदेखि मध्यपहाडी क्षेत्रका प्रायः सबै भूभागसम्म फैलिएको पाइन्छ ।

पान झैं फिंजारिएको पात हुने गुर्जोको लहरा रूखका हाँगामा बेरिएर फैलिन्छ । यसको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार चिह्न देखिन्छ । वर्षामा यसको पहेंलो सुन्दर फूल फुल्छ र हिउँदमा चाहिं फल (रातो) फल्छ ।

करीब आधा फिटदेखि एक फिटसम्मको लहरो काटेर माटोमा गाडिदिएपछि सहजै सर्छ । व्यावसायिक खेतीका लागि भने ठूलो संख्यामा लहरोका कटिङबाट बिरुवा उत्पादन गर्नुपर्छ ।

यो पनि पढ्नुस् : गाउँघरका औषधि बोझो, चरिअमिलो, अमला र खदिर

गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझी औंला जत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाच पारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता वृद्घि गरौं ।

(उप्रेती जैविक विविधता विज्ञ हुन् ।)

प्रतिकृया दिनुहोस