खेलकुद आइतबार, असार ७, २०७७

लेवान्डोस्कीको गोलमा बार्यनको सहज जित

हिमालखबर

लेवान्डोस्कीको गोलमा बार्यनको सहज जित

बुन्डेस लिगामा शनिबार राति लिड लिडर बार्यन म्युनिखले फ्राइबर्ग विरुद्ध सहज जित निकालेको छ। शनिबार राति सकिएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा बार्यनले सहज जित निकालेको हो।

जोसु किमिचले खेलको १५औं मिनेटमै गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए। लेवान्डोस्कीले १४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। तर, दश मिनेट नपुग्दै फ्राइबर्गका लागि लुकास होल्डरले गोल फर्काए। उनले ३३औं मिनेटमा गोल गरेका थिए।

तर, चार मिनेट नबित्दै फेरि लेवान्डोस्कीले गोल गर्दै बार्यनले तीन–एकको अग्रता बनायो। बार्यनको यही अग्रता नै कायम रहँदा फ्राइबर्ग पराजित हुन पुग्यो।

बार्यनले भने लगातार जित निकाल्दै दोस्रो स्थानको डर्टमुन्ड भन्दा दश अंकको अग्रता बनाएको छ। ३३ खेलबाट बार्यनले ७९ अंक जोडेको छ भने डर्टमुन्डले समान ३३ खेलबाट ६९ अंक जोडेको छ। फ्राइबर्ग भने बार्यनसँग अंक गुमाउँदै ४५ अंक सहित आठौं स्थानमा यथावत रह्यो।

प्रतिकृया दिनुहोस