थप समाचार शनिबार, असार ६, २०७७

फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई गहना र नगद लुटपाट

हिमालखबर

ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बीएण्डबी अस्पतालको गेट अगाडिबाट ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने ६५ वर्षीया महिलाको ३ आनाको तिलहरी १ थान, ८ आनाको कानको मुन्द्रा १ जोर र नगद १ हजार रुपैयाँ शुक्रबार दिउँसो लुटपाट भएको छ।

अपरिचित २ जना व्यक्तिले फ्रुटीमा नशालु पदार्थ मिसाई खुवाई लठ्ठ बनाए पश्चात उक्त लुटपाट गरेको बताइएको छ । लुटपाटमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस