थप समाचार शनिबार, असार ६, २०७७

७ वर्षीया बलिकालाई सीमा कटाउँदै गर्दा पक्राउ परिन् भारतीय तस्कर रानी

हिमालखबर

७ वर्षीया बलिकालाई सीमा कटाउँदै गर्दा पक्राउ परिन् भारतीय तस्कर रानी

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योति चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

​७ वर्षीया बालिकालाई ललाइफकाई बेचबिखन गर्ने उद्देश्यले प्रदेश ३-०३-००१-ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ ओसारपसार क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस