कला/साहित्य शनिबार, असार ६, २०७७

पूर्वमन्त्री कोइरालाको गीत बालगायक अग्रज भट्टराईको स्वरमा

हिमालखबर

पूर्वमन्त्री कोइरालाको गीत बालगायक अग्रज भट्टराईको स्वरमा

पूर्वमन्त्री तथा गीतकार शंकरप्रसाद (एसपी) कोइरालाको ‘सबै भन्छन्’ बोलको गीत बालगायक अग्रज भट्टराईको स्वरमा रेकर्ड भएको छ ।

गीतको पहिलो अन्तरा 'सबै भन्छन् ठूलो बन्नू, कोही भन्छन् सफल, त्यो भन्दा नि पहिले बनौँ, हामी आफैँ असल' रहेकाे छ । यो गीतमा संगीतकार शान्तिराम राईले संगीत दिएका छन् ।

कक्षा ७ मा अध्ययनरत भट्टराईले पुराना गायकहरुको दर्जनौं गीत आफैं हारमोनियम बजाउँदै गाएर सामाजिक सञ्जाल (फेसबुक) र युट्युबमा राखेका छन् ।

बन्दाबन्दीका बेला दैनिक पुराना एवं राष्ट्रिय गीत गाएर फेसबुकमा सार्वजनिक गरेका छन् । भट्टराई काँडाघारीको अक्षरा स्कूलमा अध्ययनरत छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ का बुबा मीन र आमा जुनुका छोरा उनी सानैदेखि गीत गाउने तथा बजाउने गरेको बुबा मीन बताउँछन् ।

 

प्रतिकृया दिनुहोस