थप समाचार शनिबार, असार ६, २०७७

ब्राजिलमा एकै दिन ५४ हजार संक्रमित, संक्रमित संख्या दश लाख नाघ्यो

हिमालखबर

ब्राजिलमा एकै दिन ५४ हजार संक्रमित, संक्रमित संख्या दश लाख नाघ्यो

ब्राजिलमा गएको २४ घण्टामा ५४ हजार बढीमा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले राखेको तथ्याङ्क अनुसार, ब्राजिलमा संक्रमित संख्या दश लाख नाघेको छ। अमेरिका पछाडि ब्राजिल दोस्रो बढी संक्रमित हुने मुलुक हो।

ब्राजिलमा गएको २४ घण्टामा १२ सय बढीको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा कोभिड महामारीबाट मृत्यु हुनेको संख्या ४९ हजार नाघेको छ। परीक्षणको अभाव भइरहेकाले यो भन्दा बढी संक्रमित र मुत्यु हुनेको संख्या हुन सक्ने अनुमान गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ब्राजिल खतरनाक चरणमा प्रवेश भएको जनाएको छ। डब्लूएचओले ब्राजिलमा बन्दाबन्दीमा कडाइ गर्न र परीक्षण दर बढाउन समेत आग्रह गरेको छ।

ल्याटिन अमेरिकी मुलुकहरुमा संक्रमण उच्च दरमा बढिरहेको छ। चिली, पेरु र मेक्सिको लगायत मुलुकमा संक्रमण बढेको छ।

तर, ब्राजिलमा देशब्यापी बन्दाबन्दी छैन। विभिन्न राज्य र शहरहरुले अवस्था हेरी बन्दाबन्दी कायम गरेका छन्।

विश्वव्यापी महामारीबाट विश्वभर ८७ लाखमा संक्रमण देखिएको छ भने चार लाख ६२ हजार बढीको मृत्यु भइसकेको छ। निको हुने बिरामीको संख्या ४६ लाख २७ हजार छ भने अझै ३६ लाख ७४ हजार बढी संक्रमितको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस