टिप्पणी सोमबार, असार ८, २०७७

महामारीमा यसरी खोल्न सकिन्छ विद्यालय

हिमालखबर

महामारीमा यसरी खोल्न सकिन्छ विद्यालय
स्केच: भानु भट्टराई

नमूना अध्ययनले कोभिड–१९ को महामारीमा विद्यालय खोल्दा हुने जोखिम न्यून मात्र देखाएको अवस्थामा थप शैक्षिक र आर्थिक क्षति बढ्न नदिन निश्चित नियम र मापदण्ड बनाई विद्यालय खोलिनु अहिलेको आवश्यकता हो।

डा. सन्तोष पोखरेल

बन्दाबन्दी आंशिक रूपमा खुलाइए पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जोखिम कायमै रहेकाले बढी भीडभाड हुने विविध क्षेत्र जस्तै विद्यालय पनि सञ्चालन गरिएको छैन। यसैबीच, सरकारले रेडियो र टेलिभिजनबाट पठनपाठन गर्ने निर्णय गरेको छ। यसको अर्थ अझै केही समय विद्यालयहरू खोलिने छैन।

एकातिर, श्रव्यदृश्य माध्यमबाट कुन–कुन कक्षालाई के–कति विषय पढाउन सम्भव हुने हो भन्ने व्यावहारिक विश्लेषण सरकारले कति गरेको छ भन्ने प्रश्न छ। अर्कातिर, विद्यालय नपठाउँदैमा हाम्रा बच्चाहरू घरमा सुरक्षित छन् भनेर आफैंलाई झूटो आश्वासन दिइरहेका त छैनौं भन्ने विषय पनि सोचनीय छ।

किनकि, गएको २९ चैतदेखि बन्दाबन्दी खुकुलो पारेपछि मानव आवागमन पूर्णरूपमा खुलाइएको छ भने कार्यालय, कलकारखाना, व्यापार–व्यवसाय खुल्न थालिसकेका छन्। अभिभावकहरू काममा गई कैयौं मानिसको सम्पर्कमा पुगेर घर फर्कने अनि सँगै बस्ने बच्चाहरू विद्यालय नजाँदैमा जोखिमबाट सुरक्षित रहन्छन् भन्ने सोच व्यावहारिक नहोला।

विगतका महामारीमा विद्यालय बन्द गर्दा संक्रमण नियन्त्रणमा कस्तो प्रभाव थियो भनेर हेरौं। ‘द ल्यान्सेट’ मा सन् २००९ मा प्रकाशित सिमोन चौचमेजको अनुसन्धानात्मक आलेख अनुसार, हङकङमा सन् २००७ मा विद्यालय खोल्दाको तुलनामा २००८ मा बन्द गरिंदा त्यहाँ स्वाइन फ्लू र हङकङ फ्लूको महामारीमा तात्विक फरक पाइएन। त्यस्तै, सन् १९८४ देखि २००६ सम्म फ्रान्सको तथ्यांक हेर्दा पनि विद्यालय बन्द गरेर महामारी रोक्ने कुरा साबित गर्न नसकेको उनको भनाइ छ।

सन् १९१८ को ‘स्पेनिस फ्लू’ मा विभिन्न देशको तथ्यांक हेर्दा विद्यालय बन्द गरिंदा महामारी ढिलो गरी उत्कर्षमा पुग्ने र तयारी गर्न समय मिल्ने देखिएको थियो। तर, धेरै बच्चालाई संक्रमित बनाएको ‘स्पेनिस फ्लू’ र बच्चामा ज्यादै न्यून प्रभाव देखिएको कोभिड–१९ लाई एउटै तयारी उपयुक्त नहुन सक्छ।

कोभिड–१९ मात्र संक्रमण विद्यालयहरूबाट ज्यादै न्यून मात्र फैलिने अध्ययनहरूले देखाएका छन्। २०२० मे महीनामा रसेल भिनरले प्रकाशन गरेको खोजका अनुसार सार्स, मर्स लगायत कोरोनाभाइरसले चीन, हङकङ र सिंगापुरमा महामारीको रूप लिंदा विद्यालयबाट फैलिएको नगन्य मात्र पाइएको थियो। तर, कोभिड–१९ को शुरूआतमै विद्यालय बन्द गरेकाले यसको अध्ययन गर्न गाह्रो भएको छ।

माथिका कुनै पनि अध्ययनले विद्यालय बन्दका कारण हुने शैक्षिक र आर्थिक क्षतिको लेखाजोखा गरेका छैनन्, जुन एकदम महत्वपूर्ण पाटो हो। विद्यालय बन्द हुँदा स्वास्थ्यकर्मीहरू आफ्ना बच्चा हेर्न विदा लिई घर बस्नुपर्दा महामारीमा स्वास्थ्यकर्मीको अभाव कैयौं पश्चिमा देशहरूमा देखिएको छ।

कोभिड–१९ मात्र संक्रमण विद्यालयहरूबाट ज्यादै न्यून मात्र फैलिने अध्ययनहरूले देखाएका छन्। २०२० मे महीनामा रसेल भिनरले प्रकाशन गरेको खोजका अनुसार सार्स, मर्स लगायत कोरोनाभाइरसले चीन, हङकङ र सिंगापुरमा महामारीको रूप लिंदा विद्यालयबाट फैलिएको नगन्य मात्र पाइएको थियो। तर, कोभिड–१९ को शुरूआतमै विद्यालय बन्द गरेकाले यसको अध्ययन गर्न गाह्रो भएको छ।

‘मोडलिङ अध्ययन’ गर्दा कोभिड–१९ को महामारीमा विद्यालय खोल्दा हुने जोखिम २ देखि ४ प्रतिशत मात्र देखियो, जुन सामाजिक दूरीको भन्दा पनि कम हो । तसर्थ विभिन्न नियम र मापदण्ड बनाई त्यसको पालना गर्दै विद्यालय खोलिनु अहिलेको आवश्यकता हो।

कसरी खोल्ने विद्यालय ? चुनौती र अवसर के हुन् ?

सर्वप्रथम हामीले कोभिड–१९ सँगको लडाइँ नजित्दै किन विद्यालय खोल्दैछौं भन्ने कुरा सम्पूर्ण अभिभावक र केही हदसम्म विद्यार्थीले पनि बुझ्न र तथ्यपरक रूपमा बुझाउनुपर्छ। जसले गर्दा निर्धक्कसँग अभिभावक आफ्ना बच्चालाई विद्यालय पठाउन मानसिक रूपमा तयार होऊन्।

विद्यालय भनेको पढ्ने ठाउँ मात्र नभई साथीहरू बनाउने, घुलमिल हुने, एकै उमेरसमूहमा कुरा आदानप्रदान गर्ने, मानसिक स्वच्छता बनाउने र अप्रत्यक्ष रूपमा धेरै कुरा सिक्ने थलो हो। महामारीपछि धेरैले विद्यालय बदल्ने सम्भावना हुन्छ, अलि सस्तो विद्यालय रोज्ने वा घर नजिकैको विद्यालय छनोट गर्ने सम्भावना बढी हुन सक्छ।

बाग्लुङको बडीगाड गाउँपालिका–२ स्थित त्रिभुवन माविले ४ असारदेखि टोलटोलमा सञ्चालन गर्न थालेको एकीकृत कक्षा । तस्वीर: कमल पौडेल

विद्यालय खोल्दा भौतिक दूरी कायम गर्ने, नियमित हात धुने, विद्यालय/कक्षामा स्यानिटाइजर राख्ने, मास्क लगाउने कुरा अनिवार्य गर्नुपर्छ। भौतिक दूरी कायम गर्दा एउटा कक्षामा थोरै मात्र विद्यार्थी राख्न सम्भव नहोला, कक्षाकोठा धेरै व्यवस्था गर्नुपर्ला। शिक्षकहरुको पनि अभाव होला। यसलाई व्यवस्थापन समितिले मिलाउनुपर्छ।

बन्द कोठामा मात्र नभई मौसम अनुसार खुला चउरमा बसेर पढ्ने गर्दा रोग सर्ने जोखिम अझै कम हुन्छ, जुन हाम्रा सामुदायिक र सरकारी विद्यालयहरूमा पहिला पनि गरिआएको हो। त्यस्तै, शिक्षक/शिक्षिकाको कमी हुन नदिन अहिले कैयौं युवा विदेशबाट आएका छन्, उनीहरूलाई रोजगारी दिएर शिक्षण पेशामा सामेल गराउने यो अवसर पनि हुनेछ।

विद्यालय खोल्दा भौतिक दूरी कायम गर्ने, नियमित हात धुने, विद्यालय/कक्षामा स्यानिटाइजर राख्ने, मास्क लगाउने कुरा अनिवार्य गर्नुपर्छ। भौतिक दूरी कायम गर्दा एउटा कक्षामा थोरै मात्र विद्यार्थी राख्न सम्भव नहोला, कक्षाकोठा धेरै व्यवस्था गर्नुपर्ला। शिक्षकहरुको पनि अभाव होला। यसलाई व्यवस्थापन समितिले मिलाउनुपर्छ।

त्यस्तै, सानो कक्षाका बच्चाहरूले मास्क लगाउन नमान्न सक्छन् वा एकैछिन लगाएर अप्ठ्यारो भयो भन्ने गर्छन्। मास्कले धेरै बचाउने नभए पनि यसको प्रयोगले एउटा नियममा बसेको कुरा बताइरहन मद्दत गर्छ। बच्चाहरूलाई सुपरहिरो वा प्रिय कार्टुन क्यारेक्टरहरूको तस्वीर भएको मास्क बनाएर लगाउन प्रेरित गर्न सकिन्छ। पसिना आएर मास्क फालिरहने भएमा उनीहरूलाई ‘हेर सुपरहिरोहरूले त सधैं मास्क लगाउँछन्’ भनेर तिनका तस्वीर देखाउन सकिन्छ।

विद्यालयमा पनि कम्तीमा दुई पटक ज्वरो नाप्ने नियम राखे उत्तम हुन्छ। त्यस्तै, हूल बाँधेर शौचालय जान नदिन विद्यालयमा विशेष नियम राखेर एक जना शौचालय गएपछि अर्को नजान क्रस चिह्न (x) को प्रयोग गर्न सकिन्छ।

सकेसम्म घरबाटै खाजा लैजाने व्यवस्था मिलाउने वा सम्भव नभए विद्यालयको किचन र चमेनागृहमा पनि भौतिक दूरी र नियमित हात धुने र अन्यत्र हातले नछुने नियम कडा बनाउनुपर्छ। महामारीको बीचमा विद्यालय खोलेका देशहरूबाट पनि हामीले सिक्दै जानुपर्छ। स्वास्थ्य र शिक्षा क्षेत्र हेर्ने निकायहरूबीच समझदारी हुनुपर्‍यो र एकले अर्कोलाई कम महत्वको सोच्नु भएन। अतः अध्ययन र तथ्यांकलाई मनन गर्दै देश र नागरिकलाई सहज हुने गरी क्रमिक रूपमा विद्यालय खोल्नु अबको आवश्यकता हो।

(बालरोग विशेषज्ञ डा. पोखरेल आम्दा अस्पताल, बुटवलमा कार्यरत छन्।)

याे पनि पढ्नुहाेस्– बागलुङमा शुरु भए विद्यालय, टोलटोलमै एकीकृत कक्षा

प्रतिकृया दिनुहोस