समाचार शुक्रबार, असार ५, २०७७

लगानी बोर्डको सीईओ प्रतिस्पर्धा मार्फत नियुक्ति गर्न प्रक्रिया शुरु

हिमालखबर

लगानी बोर्डको सीईओ प्रतिस्पर्धा मार्फत नियुक्ति गर्न प्रक्रिया शुरु

सरकारले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया शुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिश समितिको सचिवालयले प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको छ।

आवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । सचिवालयले जारी गरेको सूचनामा प्रतिस्पर्धाका आधारमा सीईओ छनोट गरिने उल्लेख छ।

अर्थमन्त्री संयोजकत्वको सिफारिश समितिले सिफारिश गरेमध्येबाट मन्त्रिपरिषद्ले सीईओ नियुक्ति गर्छ । ठूला आयोजनामा लगानी प्रवर्द्धन गर्न सरकारले एक दशकअघि बोर्ड स्थापना गरेको थियो।

बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीको पदावधि पूरा नहुँदै सरकारले उनलाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गरेपछि गएको चैतयता बोर्ड नेतृत्वविहीन छ।

प्रतिकृया दिनुहोस