थप समाचार शुक्रबार, असार ५, २०७७

गण्डकी प्रदेशमा २४ संक्रमित थपिए

हिमालखबर

गण्डकी प्रदेशमा २४ संक्रमित थपिए
null

गण्डकी प्रदेशका कास्की, पश्चिम नवलपरासी, बाग्लुङ र स्याङ्जामा २४ जना संक्रमित थपिएका छन्। बिहान ६ः०० बजे अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा ६, बागलुङमा १४, नवलपरासी र स्याङ्जामा दुई/दुई जना सङ्क्रमित थपिएका छन्।

कास्कीका सङ्क्रमितमा पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षका पुरुष र ३० र ५६ वर्षका महिला तथा रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष छन्।

बाग्लुङमा गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९, ४५ वर्षका पुरुष, ४२ र ३० वर्षका महिला, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेको एक ६३ वर्षीय पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका २८ र २० वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा मुस्ताङ बाहेक १० जिल्लामा सङ्क्रमण देखिएको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३४८ पुगेको छ।

प्रतिकृया दिनुहोस