अर्थ/बजार विहीबार, असार ४, २०७७

इन्भेष्टमेन्ट ब्यांकको २ अर्ब इटालीबाट फिर्ता

हिमालखबर

इन्भेष्टमेन्ट ब्यांकको २ अर्ब इटालीबाट फिर्ता

नेपाल इन्भेष्टमेन्ट ब्यांकले इटालीको ब्यांक इन्टेन्सा सन्पाओला एसपीएबाट ब्यांक जमानत बापतको कुल रु.२ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ।

इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही ९ जून २०२० मा यसअघि प्रारम्भिक सुनुवाइमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट यो रकम प्राप्त भएको हो।

अन्तर्राष्ट्रिय अदालतमा सुनवाइको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिइएपछि ब्यांक जमानत बापतको रकम ब्यांकले प्राप्त गरेको हो।

प्रतिकृया दिनुहोस