अर्थ/बजार विहीबार, असार ४, २०७७

बुद्धले ल्यायो नयाँ प्रविधिको सिमुलेटर

हिमालखबर

बुद्धले ल्यायो नयाँ प्रविधिको सिमुलेटर

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर ५०० नामक जहाजका लागि आधुनिक प्रविधिको सिमुलेटर ल्याएको छ ।
बुद्धले एटीआर नामक जहाजको ककपिटसम्बन्धी सम्पूर्ण जानकारीका लागि नयाँ प्रविधि भित्र्याएको बताएको छ।

पाइलटलाई उडानसम्बन्धी जानकारी दिने यो प्रविधि नेपालमै पहिलो पटक भित्र्याएको बुद्ध एयरका क्याप्टेन प्रमोद थापा बताउँछन्।

उनी भन्छन्, ‘‘जहाज उडान गर्दा पाइलटले थाहा पाउनुपर्ने उडानको समयको सबै प्रकारको जानकारी तथा उडान प्रणालीको निम्ति यो सिमुलेटर भित्रिएको हो।’’

जहाज उडानमा प्रविधिको प्रयोग गरेर हुने प्रोसिड्युअर फ्लाइटको पूर्ण सिनारियो यसले दिन्छ भने प्रविधिमा पाइलटलाई अभ्यस्त बनाउन पनि सहयोगी हुन्छ।

यसबाट पाइलटले उडानदेखि अवतरणसम्मका जुन विधि र प्रक्रिया अपनाउन पर्छ त्यो सबै अभ्यास सिमुलेटरमा गर्छन् । बुद्धले करीब ५ लाख ६० हजार डलर खर्चेर यो प्रविधि भित्र्याएको जानकारी दिएको छ । यो प्रविधिलाई बुद्ध एयरले विमानस्थलमा रहेको आफ्नै ह्याङ्गरबाट सञ्चालन गर्छ।

प्रतिकृया दिनुहोस