स्थानीय भाषासहित हाम्रो पात्रोको ‘मेगा अपडेट’
हाम्रो पात्रोले विभिन्न विशेषता समेटिएको ‘मेगा अपडेट’ सार्वजनिक गरेको छ ।
मेगा अपडेटमा स्थानीय भाषा, दिन तथा रात थिम, समाचार नोटिफिकेशन, नोट टिपोट लगायतका सात विशेषता समेटिएको छ ।
यसअघि नेपाली र अंग्रेजी भाषामा मात्रै रहेको हाम्रो पात्रोलाई अब नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सकिन्छ ।
अब हाम्रो पात्रोमा नोट टिपोट पनि गर्न सकिन्छ । टिपोट गरिएको नोटलाई सम्पादन गर्न तथा आफूले चाहेको रंगमा सेभ गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
नयाँ भर्सनमा समाचार सर्च गर्न र ट्रेन्डिङका समाचारबारे जानकारी पनि लिने सकिन्छ ।