खेलकुद विहीबार, असार ४, २०७७

युभेन्टसलाई पराजित गर्दै नापोली बन्यो च्याम्पियन

हिमालखबर

युभेन्टसलाई पराजित गर्दै नापोली बन्यो च्याम्पियन

युभेन्टसलाई ट्राइब्रेकरमा पराजित गर्दै नापोली कोपा इटालियाको च्याम्पियन बनेको छ। बुधबार राति सकिएको फाइनल खेलमा ट्राइब्रेकरमा युभेन्टसलाई ४–२ गोल अन्तरले पराजित गर्दै नापोली च्याम्पियन बनेको हो।

६ वर्ष पछाडि उपाधि जित्न नापोलीसँग युभेन्टससँग निकै प्रतिश्पर्धात्मक खेलेको थियो। निर्धारित ९० मिनेटको समयमा दुवै पक्षबाट गोल हुन सकेन। धेरै पटक दुवै पक्षबाट गोल गर्ने बनाएको थियो। तर, गोल हुन नसकेपछि नतिजाका लागि खेल ट्राइब्रेकरमा गएको थियो।

ट्राइब्रेकरमा टस जितेर पहिलो प्रहार युभेन्टसका लागि स्टार खेलाडी पाउलो डिबालाले गरेका थिए। तर, उनले गोल गर्न सकेनन्। युभेन्टसका डानीलोले समेत गोल गर्न नसकेपछि नापोली २–० ले अग्रता बनायो। बाँकी सवै प्रहार गोल भए पछि युभेन्टस ४–२ ले पराजित हुन पुग्यो।

कोभिड महामारीका कारण बिना दर्शक भएको फाइनलमा उपाधि समेत खेलाडीहरु आफैंले उठाएका थिए।

प्रतिकृया दिनुहोस