थप समाचार बुधबार, असार ३, २०७७

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना संक्रमण

हिमालखबर

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना संक्रमण
तस्वीर: इन्डिया टुडे

दिल्लीका स्वास्थ्यमन्त्री तथा आमआदमी पार्टीका नेता सत्येन्द्र जैनलाई कोरोना संक्रमण देखिएको छ । दोस्रो पटक गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको इन्डिया टुडेले जनाएको छ।

समाचारमा जनाइए अनुसार जैनको दिल्लीको राजीव गान्धी अस्पतालमा राखेर उपचार भइरहेको छ।

यसअघि आजै आम आदमी पार्टीका एमएलए कालकाजी अतिशीलाई पनि कोरोना संक्रमण देखिएको थियो।

यसअघि १४ जूनमा गृहमन्त्रालयमा आयोजित बैठकमा अमित शाह र मुख्यमन्त्री केजरीवाल लगायत सँगै उपस्थित भएका थिए।

 

प्रतिकृया दिनुहोस