टिप्पणी बुधबार, असार ३, २०७७

शुरु भयाे मनसुन, विपत्‌बाट यसरी बचाै‌ं

हिमालखबर

शुरु भयाे मनसुन, विपत्‌बाट यसरी बचाै‌ं
शनिबार ३१ जेठ राति परेकाे मुसलधारे वर्षापछि पर्वतको कुस्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा पहिरो जाँदा ९ जनाले ज्यान गुमाए । तस्वीर: न्युज डबली

यस वर्षको मनसुन ३० जेठबाट शुरू भएको छ । मनसुन भन्ने वित्तिकै वर्षा र बाढी मात्र बुझ्नुहुँदैन । यसबाट हुने विपत्‌लाई तीन समूहमा विभाजन गर्नुपर्छ । पहिलो बाढी, दोस्रो पहिरो र तेस्रो पानीजन्य रोगहरू ।

डा. अनिल पोखरेल

मनसुनमा सर्पको टोकाइबाट पनि मानिसहरूको मृत्यु हुन्छ । सर्पको टोकाइबाट हुने क्षतिलाई मनसुनभन्दा बाहिर राखेर हेर्नुहुँदैन । त्यसकारण मनसुनको समयमा तीनै प्रकारका विपत् चुनौतीपूर्ण छन् ।

बाढीभन्दा पहिरो हाम्रा लागि बढी जोखिम छ । बाढीले कटान र डुबान गर्छ । बाढीले पहिरोभन्दा कम मान्छेको मृत्यु हुन्छ । पहिरो भने हामीले नसोचेको ठाउँमा पनि जान्छ र बस्ती नै सखाप हुन्छ ।

प्राकृतिक विपत्का हिसाबले हामी संसारकै उच्च जोखिमको सूचीमा छौं । सानो मुलुक भए पनि समुद्री आँधीबाहेक अन्य सबै प्रकारका प्राकृतिक विपतकाे हामीले सामना गर्नुपर्छ । हरेक मनसुनमा बाढीबाट औसत १००, पहिरोबाट १०० र पानीजन्य झाडापखालाबाट हजारौंको मृत्यु हुन्छ ।

पछिल्लो पटक पर्वतमा गएको पहिरोले दुई घर बगाउँदा मानवीय क्षति भयो । बस्तीमाथि जंगलबाट आएको पहिरोले घर बगाएको छ । उक्त ठाउँमा पहिरो जाने कल्पना नै गर्न सकिंदैन । अहिलेसम्मको मान्यता रूख–बिरुवा भएको ठाउँमा पहिरो जाँदैन भन्ने छ । तर पर्वतको घटना हाम्रा लागि अनुसन्धानको विषय हो ।

प्राकृतिक विपत्का हिसाबले हामी संसारकै उच्च जोखिमको सूचीमा छौं । सानो मुलुक भए पनि समुद्री आँधीबाहेक अन्य सबै प्रकारका प्राकृतिक विपतकाे हामीले सामना गर्नुपर्छ । हरेक मनसुनमा बाढीबाट औसत १००, पहिरोबाट १०० र पानीजन्य झाडापखालाबाट हजारौंको मृत्यु हुन्छ । मनसुनमा बाढी र पहिरोले जीर्ण बनाएको सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या अलग्गै छ।

पहिला हामीले जोखिमबारे थाहा पाउनुपर्छ । अर्थात् जोखिमको पहिचान हुनुपर्छ । पहिचान भयो भने हामीले क्षति न्यूनीकरणका लागि योजना बनाउन सक्छौं।

जोखिमबारे जानकारी भए मात्र कस्तो घर बनाउने, कुन किसिमको बाली लगाउने भन्ने पहिल्यै निर्क्याेल गर्न सकिन्छ । जोखिमको पूर्व जानकारी लिने र त्यसलाई विश्लेषण गर्ने चलन हाम्रोमा एकदमै कम छ।

नेपालमा विपतकाे जोखिम छ भन्नुको अर्थ बस्नै नसक्ने अवस्था होइन । जापानमा सधैं भूकम्पको जोखिम छ । तर, मानिस बसेकै छन् । तराईमा बाढी आउँछ, त्यहाँ पनि जोखिम छ।

२ असारमा रातभर भएकाे वर्षाका कारण पहिरो खस्दा अवरुद्ध चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड ।

जोखिम न्यूनीकरण गर्नेभन्दा पनि टेण्ट, चामल, चाउचाउ, चिउरा तयार गर्ने काम पहिला गरिन्छ । यो गलत उपाय हो । हाम्रो योजना जोखिमलाई न्यूनीकरण गर्नेमा हुनुपर्छ, त्यो भूकम्प होस् अथवा सडक दुर्घटना र आगलागी ।

जोखिम न्यूनीकरण गर्नेभन्दा पनि टेण्ट, चामल, चाउचाउ, चिउरा तयार गर्ने काम पहिला गरिन्छ । यो गलत उपाय हो । हाम्रो योजना जोखिमलाई न्यूनीकरण गर्नेमा हुनुपर्छ, त्यो भूकम्प होस् अथवा सडक दुर्घटना र आगलागी । हामीले दमकल किन्नेभन्दा घर बनाउँदा नै आगोबाट बचाउने संयन्त्र बनाउन प्राथमिकता दिनुपर्छ । बाढी आउने ठाउँमा घर बनाउँदै नबनाउने भन्ने होइन । बाढीले डुबान गर्दा पनि क्षति नहुने घर बनाउनुपर्छ । त्यस्ता ठाउँमा डेढ, दुई मिटर अग्ला टाँडे घर बनाउँदा डुबानबाट बच्न सक्छौं ।

जोखिमलाई कम गराउनका लागि बीमालाई प्राथमिकतामा राख्न सकिन्छ । हाम्रो देशमा प्राकृतिक विपत्तिबाट हुने जोखिमको बीमा गर्ने चलन एकदमै कम छ । तर यो अत्यन्तै जरूरी छ । उदाहरणका लागि भूकम्पबाट घर भत्किंदा एउटा पीडित परिवारले सरकारबाट विभिन्न किस्तामा गरेर रु.३ लाख पाउने भए । यदि घर नै बीमा गरेको भए उनीहरूले त्योभन्दा बढी पैसा सहज रूपमा पाउन सक्थे ।

हामीले यस वर्ष विपत्को पूर्व तयारी र प्रतिकार्यको योजना बनाएका छौं । सबै जिल्ला विपत् व्यवस्थापन समितिलाई योजना बनाउनका लागि निर्देशन दियौं । धेरैले त्यस्तो योजना पठाइसकेका छन् । त्यसबाहेक स्थानीय तहलाई कार्ययोजना निर्माणमा सहजीकरण गर्ने काम भएको छ ।

हामीले यस वर्ष विपत्को पूर्व तयारी र प्रतिकार्यको योजना बनाएका छौं । सबै जिल्ला विपत् व्यवस्थापन समितिलाई योजना बनाउनका लागि निर्देशन दियौं । धेरैले त्यस्तो योजना पठाइसकेका छन् । त्यसबाहेक स्थानीय तहलाई कार्ययोजना निर्माणमा सहजीकरण गर्ने काम भएको छ ।

यसपालिको मनसुनमा उद्धार तथा राहत प्रदान गर्न अघिल्ला वर्षमा जस्तो सजिलो छैन । कोरोनाभाइरसको महामारीका कारण विशेष योजना बनाउनुपर्नेछ । त्यो हाम्रा लागि चुनौती हो । अघिल्ला वर्षहरूमा धेरै जनालाई एउटै ठाउँमा राख्दा हुन्थ्यो भने यसपालि त्यो छुट छैन ।

कोरोनाबाट प्रभावित ठाउँ बाढीको जोखिमयुक्त क्षेत्र हुन् । त्यसको एउटा उदाहरण बाँकेको नरैनापुर हो । त्यसकारण हामीले महामारीका बाबजूद पनि उद्धार कसरी गर्ने भन्ने तयारी गरिरहेका छौं ।

(राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. पोखरेलसँग गरिएको कुराकानीमा आधारित।)

प्रतिकृया दिनुहोस