राष्ट्रियसभा बैठक जारी, बजेटमाथि मन्त्रीहरुले जवाफ दिंदै (लाइभ)
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट माथि राष्ट्रियसभामा छलफल जारी छ। बिहान ११ बजे शुरु भएको बैठकमा सांसदहरुले उठाएका प्रश्नमाथि मन्त्रीहरुले विषयगत जवाफ दिइरहेका छन्।
आजको बैठकमा २१ वटै मन्त्रालयको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यसूची तय भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रागत रुपमा छुट्टिएको बजेटबारे जवाफ दिएका छन्।
कार्यसूचीअनुसार, कानून, महिला, भौतिक पूर्वाधार, सहकारी विकास, खानेपानी, भूमि, यवा तथा खेलकुद, अर्थ, सञ्चार लगायत छन्। प्रतिनिधिसभामा भने मन्त्रालयगत जवाफ पछि बजेट कार्यान्वयन गर्न आवश्यक कानूनहरु पनि पारित भइसकेको छ।