साढे ८ लाख रूपैयाँ घूससहित डिल्लीबजार मालपाेत अधिकृत सहित ६ जना पक्राउ
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले साढे ८ लाख रूपैयाँ घूस रकमसहित रघुवंश कँडेलसहित ६ जनालाई नियन्त्रणमा लिएकाे छ।
सेवाग्राहीकाे जग्गा कित्ताकाट गरिदिएबापत उनीहरूले घूस रकम लिएकाे आयाेगले जनाएकाे छ। उनीहरूलाई आयाेगकाे टाेलीले सामाखुसी स्टार पार्टी प्यालेस नजिकबाट रकम लिँदै गरेकाे अवस्थामा नियन्त्रणमा लिएकाे हाे।
जग्गाको कित्ता काट गर्ने आदेश गराइदिएवापत पक्राउ पर्ने कर्मचारीहरूमा मालपोत अधिकृत रघुवंश कंडेल, खरिदार दीपक खनाल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई आठ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो।