बुटवल-पाल्पा सडक खण्डमा जीप दुर्घटना हुँदा ६ जना घाइते
बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ गाउँपालिकाको दोभानबाट उक्त जीप बुटवलतर्फ आउँदै गरेको थियो।
दुर्घटनामा तिनाउ गाउँपालिका–३, झुम्साका दया पाण्डे, विनोद बस्याल, बालकृष्ण बस्याल, शिव पाण्डे, कृष्ण बस्याल, नन्दु बस्याल घाइते भएका प्रहरीले जनाएको छ।
प्रदेश ३–०१–४५२२ नम्बरको हाइलक्स जीप सिद्धबाबा मन्दिर नजिकको धर्मशाला छेउबाट तिनाउ खोलामा खसेको हो । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।