टिप्पणी विहीबार, असार ४, २०७७

कुवेरको खजाना लोक्ता र अर्घेली

हिमालखबर

कुवेरको खजाना लोक्ता र अर्घेली
लोक्ता। तस्वीर: नेपाली टाइम्स आर्काइभ/गाेपेन राई

अहिलेसम्म नेपालबाट तयारी कागज मात्र विदेश निर्यात हुँदै आएको छ । आलो लोक्ता १०० टनबाट झण्डै ३३ टन कागज उत्पादन गर्न सकिन्छ । एक टन कागजको बजार मूल्य रु.५ लाख जति छ ।

डा. विकासराज सत्याल

नेपालमा अनेक खालका वनस्पति पाइन्छन् । तिनैमध्ये थोरैले मात्र चिनेका तर मूल्यवान् वनस्पति हुन् ‘लोक्ता’ र ‘अर्घेली’ । लोक्ता र अर्घेली झण्डै एकै प्रकार र गुणका वनस्पति हुन्। नेपालले प्रायः त्यसै खेर गइरहेको यो हिमाली जंगली झाडीबाट मात्रै खर्बौं रुपैयाँ सहजै आम्दानी गर्न सक्छ । यो सामग्री यही लोक्ता (अर्घेली पनि) का बारेमा केन्द्रित छ ।

लोक्ता नेपालको २००० देखि ४००० मिटर माथिका पहाडमा भेटिने वनस्पति हो । यो जंगली झाडी देशका २५ हिमाली जिल्लामा मनग्ये र अन्य २७ पहाडी जिल्लामा समेत केही मात्रामा पाइन्छ । करोडौं मेट्रिक टन कच्चा लोक्ता हाम्रा जंगली बुट्यानमा उपलब्ध भएको अनुमान गरिन्छ ।

लोक्ताबाट बनेको नेपाली कागजमा विचित्रको गुण हुन्छ । यसमा लेखिएको अक्षर र चित्रको रंगीन मसी लामो समयसम्म उड्दैन । राष्ट्रिय अभिलेखालयमा रहेको लिच्छवि लिपिमा लेखिएको ‘गुण करण्ड व्युह सूत्र’ यसको प्रमाण हो । यो पुस्तक करीब दुई हजार वर्ष पुरानो मानिन्छ तर अझै यसका अक्षर र चित्र प्रष्ट छन् ।

लोक्ताबाट बनेको नेपाली कागजमा विचित्रको गुण हुन्छ । यसमा लेखिएको अक्षर र चित्रको रंगीन मसी लामो समयसम्म उड्दैन । राष्ट्रिय अभिलेखालयमा रहेको लिच्छवि लिपिमा लेखिएको ‘गुण करण्ड व्युह सूत्र’ यसको प्रमाण हो। यो पुस्तक करीब दुई हजार वर्ष पुरानो मानिन्छ तर अझै यसका अक्षर र चित्र प्रष्ट छन् ।

‘नेपाली कागज’ भनेर बढी चिनिने यो लोक्ताको कागज सहजै खुम्चिंदैन न त पानी पर्दा त्यति सजिलै भिज्छ । यिनै गुण भएकै कारण जापानले आफ्नो मुद्रा येन छाप्न लोक्ताबाट बनेको कागज प्रयोग गर्छ भन्ने जानकारी कमैलाई होला ।

कीराले नखाने र लेखेको अक्षर पनि वर्षौंसम्म रहने भएकाले पौराणिक ग्रन्थदेखि कानूनी स्रेस्ता र तमसुक समेत यसैमा लेख्ने गरेको पाइन्छ । यसमा जीवाणु प्रतिरोधी गुण भएका कारण आयुर्वेदिक जडीबुटी र युनानी औषधिहरू यसैमा संग्रह गर्ने र पुरिया बनाउने गरिन्छ ।

डाइङ गरेर रङको सज्जा (मोजाइक फेब्रिक) राम्रोसँग निकाल्न मिल्ने गुण भएकैले गर्दा यसबाट बनेका विवाह, ब्रतबन्ध र व्यापारिक कार्डहरू आकर्षक हुन्छन् । अहिले प्रचलित ‘वालपेपर’ बनाई व्यापार प्रवद्र्धन गर्न सक्ने अवस्था पनि छ । यसले पनि यो कागजमा ठूलो व्यापारिक सम्भावना रहेको देखिन्छ तर उद्यमशीलता अझै पुगेको छैन ।

अर्घेली । तस्वीरः लोक सन्देश

कम्तीमा चार तरिकाले यसको व्यापारिक प्रयोग गर्न सकिन्छ । अर्थात् बोक्रा, पल्प, कागज, हस्तकलाका सामग्री आदि बनाएर बिक्री गर्न सकिन्छ । सबैभन्दा सजिलो सुकेको बोक्रा सोझै बेच्ने । यसमा न कुनै मेशिन, न प्रविधि, न ठूलो लगानी नै आवश्यक पर्छ ।

कम्तीमा चार तरिकाले यसको व्यापारिक प्रयोग गर्न सकिन्छ । अर्थात् बोक्रा, पल्प, कागज, हस्तकलाका सामग्री आदि बनाएर बिक्री गर्न सकिन्छ । सबैभन्दा सजिलो सुकेको बोक्रा सोझै बेच्ने । यसमा न कुनै मेशिन, न प्रविधि, न ठूलो लगानी नै आवश्यक पर्छ ।

यस्तो सुकेको लोक्ता एक टनको बजार भाउ झन्डै रु.२ लाख छ । हुर्किसकेको लोक्ताको बोट काटिएन भने त्यतिकै सुकेर जान्छ । यसको अर्थ सबै बोट काटिए पनि प्रत्येक दुईदेखि चार वर्षभित्र लोक्ताका बुट्यान फेरि उम्रिन सक्छन् ।

मलेशियाले रबर र अष्ट्रेलियाले ओक (काठ) को व्यवसायीकरण गरेका छन् । चक्ला बनाएर एकातिरको काट्दै अर्कोतिर हुर्किन दिएर यसको व्यवस्थापन गरेका छन् । त्यसैगरी व्यवस्थापन गर्न सके हामीले पनि हरेक वर्ष ठूलो मात्रामा लोक्ता उपलब्ध गराउन सक्छौं।

२२ जिल्लामा यथेष्ट लोक्ता पाइने भए पनि धेरैजसो नेपाली कागज उद्योगहरू काठमाडौं उपत्यकामा केन्द्रित छन् । यद्यपि केही जिल्लामा सीमित घरेलु उत्पादन गरिंदै आएको छ । सिन्धुपाल्चोक, काभ्रे, बाग्लुङ, पर्वत जस्ता केही जिल्लामा न्यून मात्रामा यसको संकलन गरिंदै आएको छ । मुगु, डोल्पा जस्ता कतिपय जिल्लाका वन विभागले ‘वन पैदावार’ भन्ने बिल्ला जोडेर यसको संकलन गर्ने अनुमति नै दिएका छैनन् ।

एन खड्गी समेतले रिसर्च जर्नल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री साइन्स (सन् २०१३) मा प्रकाशन गरेको ‘रिसोर्स एसेसमेन्ट एण्ड ह्याविट्याट एनालिसिस अफ डाफ्ने भोलुवा इन भुजुङ अफ अन्नपूर्ण कन्जर्भेसन एरिया’ शीर्षकको आलेखमा एक लाख टन लोक्ता त्यस क्षेत्रमा मात्रै रहेको उल्लेख गरेका छन् । वन विभागका अनुसार करीब २३ लाख हेक्टर हिमाली–पहाडी वनमा लोक्ताको बोट पाइन्छ । बीस वर्ष भन्दा बढी समयदेखि यही व्यवसायमा रमाइरहेका भक्तपुर कागज उद्योगका महेश्वर नायभा पनि देशमा कम्तीमा १०० करोड टन लोक्ता उपलब्ध रहेको बताउँछन् ।

२२ जिल्लामा यथेष्ट लोक्ता पाइने भए पनि धेरैजसो नेपाली कागज उद्योगहरू काठमाडौं उपत्यकामा केन्द्रित छन् । यद्यपि केही जिल्लामा सीमित घरेलु उत्पादन गरिंदै आएको छ । सिन्धुपाल्चोक, काभ्रे, बाग्लुङ, पर्वत जस्ता केही जिल्लामा न्यून मात्रामा यसको संकलन गरिंदै आएको छ । मुगु, डोल्पा जस्ता कतिपय जिल्लाका वन विभागले ‘वन पैदावार’ भन्ने बिल्ला जोडेर यसको संकलन गर्ने अनुमति नै दिएका छैनन् । यो दुःखदायी र हास्यास्पद अवस्था हो । ग्रामीण क्षेत्रमा यो घरेलु इन्धन (दाउरा) को रूपमा प्रयोग हुँदै आएको छ ।

बोक्रा कुटेर पकाएको लोक्ताको जमेको लेदो ‘पल्प’ पनि बजारमा सजिलै बिक्री हुन्छ । अहिलेसम्म नेपालबाट तयारी कागज मात्र विदेश निर्यात हुँदै आएको छ । आलो लोक्ता १०० टनबाट झण्डै ३३ टन कागज उत्पादन गर्न सकिन्छ । एक टन कागजको बजार मूल्य रु.५ लाख जति छ ।

यस्ता कागजमा सामान्य प्रविधि थपी रंगाएर वालपेपर, कार्ड, किताब–कापी, गाता, अल्बम, बैंक नोट, चंगा, ल्याम्पसेड, झोला, मूर्ति, बट्टा जस्ता उपयोगका अनेकन् सामग्री पनि बनाउन सकिन्छ ।

यस्ता कागजमा सामान्य प्रविधि थपी रंगाएर वालपेपर, कार्ड, किताब–कापी, गाता, अल्बम, बैंक नोट, चंगा, ल्याम्पसेड, झोला, मूर्ति, बट्टा जस्ता उपयोगका अनेकन् सामग्री पनि बनाउन सकिन्छ ।

नेपाली लाेक्ता कागजबाट बनाइएका सामानहरु ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले सन् २०१७ मा तयार गरेको प्रतिवेदन अनुसार सन् २००९ मा सबैभन्दा धेरै ७२ लाख डलरको नेपालीे कागज निर्यात गरिएको थियो । पछि विस्तारै घट्दै गएको देखिन्छ । देशमा अरबौं टन लोक्ता उपलब्ध हुँदाहुँदै पनि यति सानो परिमाणमा मात्र निर्यात हुनु र त्यो पनि घट्दै जानुले यसको महत्व बुझाउन नसकिएको प्रष्ट पार्छ ।

व्यवसायीहरूले अनुमान गरेको जस्तो १०० करोड टन होइन, वर्षको ५० करोड टन (संकलन गरेर सुकाएको) लोक्ता मात्र निर्यात गर्न सक्ने हो भने पनि नेपालीको हातमा हरेक वर्ष १७० खर्ब रुपैयाँ आउन सक्ने रहेछ । त्यो भनेको वर्तमान बजेटको झण्डै १२ गुणा बढी हो । २०७७/७८ को बजेटमा विदेशबाट (ऋण र अनुदान) अपेक्षा गरिएको रु.३ खर्ब ६० अर्ब भन्दा ४७ गुणा बढी हो ।

जापान लगायतका कतिपय देशले लोक्ताको महत्व बुझेका छन् । यसलाई अझै प्रचारप्रसार गर्नुपर्यो । कुनाकन्दरामा पुगेर पर्याप्त संकलन गरी बिक्री गरे तत्कालै फाइदा लिन सकिन्छ ।

जापान लगायतका कतिपय देशले लोक्ताको महत्व बुझेका छन् । यसलाई अझै प्रचारप्रसार गर्नुपर्यो । कुनाकन्दरामा पुगेर पर्याप्त संकलन गरी बिक्री गरे तत्कालै फाइदा लिन सकिन्छ । अनुदानका रूपमा हरेक वर्ष बाँडिंदै आएको करोडौं रकमको सानो अंश लोक्ता संकलनमा खर्च गर्न सके राम्रै हुने थियो ।

नेपाललाई सधैं ‘गरीब राष्ट्र’ भनेर कति वर्षसम्म विदेशी सहयोग मागिरहने ? जबकि प्रकृतिको आशीर्वादले गरीबी हटाउन सक्ने अनेक सम्पदा नेपालले पाएको छ । लोक्ताको प्रवर्धन र व्यवस्थापनमा उचित तवरले ध्यान दिन सके हामीसँग प्रशस्त आम्दानी गर्न सक्ने संभावना विद्यमान छ । देशको नेतृत्व गरिरहेकाहरुले यो प्रश्नलाई मनन् गरेर गम्भीरतापूर्वक काम गर्न सके ‘सर्वजन हिताय, सर्वजन सुखाय’ भने झैं हुनेथियो ।

(डा. सत्याल त्रिभुवन विश्वविद्यालयमा तथ्यांकशास्त्रका प्राध्यापक हुन् ।)

प्रतिकृया दिनुहोस