थप ३५० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ६५९१ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टायता थप ३५० जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारीका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
मंगलबार १ सय १७ जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ५८ छ।
देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन्।
हालसम्म देशभर १९ जनाको कोरोनाका कारण निधन भएको छ।