अर्थ/बजार मंगलबार, असार २, २०७७

आईएमईको ‘आईएमई घरमै रु. १ लाख जितौं’ योजना

हिमालखबर

आईएमईको ‘आईएमई घरमै रु. १ लाख जितौं’ योजना

आईएमई लिमिटेडले कोरोनाभाइरस (कोभिड(१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिने ‘आईएमई घरमै– रु. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ।

बाहिर निस्किँदा संक्रमणको जोखिम बढी हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको बताएको छ।

३१ जेठबाट शुरु गरिएको ‘आईएमई घरमै’ उपहार योजनाबाट आईएमई गरिएको रकम आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रु. १ लाख प्रदान गरिनेछ।

त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही रु. ५ हजार प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको छ।

स्वदेश तथा विदेशबाट आईएमई गरिएको रकम आईएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रु. ५० बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आईएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिनेछ।

 

प्रतिकृया दिनुहोस